सवा दुई अर्बको मुद्दा खेपिरहेका पूर्वमन्त्री पाण्डेलाई फेरि साढे १६ अर्बको ठेक्का !

काठमाडौं, १३ चैत । सवा दुई अर्बको भ्रष्टचार मुद्दा खेपिरहेका कालिका कन्स्ट्रक्सनकाका प्रमुख तथा पूर्वमन्त्री विक्रम पाण्डेले पुनः साढे १६ अर्बको ठेक्का पाएका छन् ।

विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको सिक्टा सिँचाए आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री पाण्डेले तनहुँ जलविद्युत् आयोजनाका लागि १६ अर्ब ६२ करोड रूपैयाँ नयाँ ठेक्का पाएका हुन्।

तनहुँ जिल्लामा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको नदी फर्काउने, बाँध निर्माण गर्नेलगायतका संरचना निर्माणका लागि भियतनाम–कालिका कन्स्ट्रक्सन कम्पनीका तर्फबाट पाण्डेले ज्वाइन्ट भेन्चरमा ठेक्का पाएका छन् ।

१६ अर्ब ६२ करोड रूपैयाँ (करबाहेक) मा तनहुँ हाइड्रोपावर लिमिटेड र सोङ्ग दा–कालिका जेभी कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको देखिएको छ। आयोजनाका तर्फबाट तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र ठेक्का कम्पनीको तर्फबाट विक्रम पाण्डेले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यान्वयनमा आएको करिब ५ वर्षभित्र ठेकेदार कम्पनीले निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा भनिएको छ ।

को हुन्, पूर्वमन्त्री पाण्डे ?
सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा ४ करोड रुपैयाँ धरौटीमा रिहा भएका पूर्वमन्त्री पाण्डे राप्रपा (प्रजातान्त्रिक) बाट मन्त्री बनेका थिए ।

उनीविरुद्ध आयोजनाको मूल नहर भत्किदा डिजाइनमा त्रुटी, नहर भत्किदा पुर्नपरीक्षण नगरिएको, नहर निर्माणका लागि गुणस्तरविनै सम्झौता तयार भएको, ५० घनमिटर पानी धान्न सक्ने भनिएको नहर पटक पटक भत्किएकोलगायत अभियोगहरु रहेका छन् ।

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…