एमाले विभाजन हुन लाग्यो लौन जोगाऔं : योगेश भट्टराई

काठमाडौं :  नेकपा एमाले माधव कुमार नेपाल समूहका नेता योगेश भट्टराईले पार्टी विभाजन हुनबाट बचाउन सम्बन्धित सबैले सक्दो प्रयास गर्नुपर्ने बताएका छन्।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारका लागि बोलाएको संसदीय दलको बैठकमा आफ्नो पक्षका सांसद पनि सहभागी हुने संकेत देखिएपछि नेता भट्टराईले थोरै लचकता अपनाएर भए पनि पार्टी एकता जोगाउनुपर्ने धारणा सार्वजनिक गरेका हुन्।

‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोसिस गरौं। थोरै पनि लचकताबाट यो सम्भव छ,’ संसदीय दलको बैठकको पूर्वसन्ध्या बिहीबार राति सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दशकौं पछि धकेल्ने छ। अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज दिउँसो संसदीय दलको बैठक बस्दै छ। जसमा नेपाल समूहले पनि सहभागी हुने संकेत देखाएको छ। यसअघि नेपाल पक्षले ओलीले राखेको बैठक बहिष्कार गरिरहेको थियो।

 

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…