सरकारले गर्यो अण्डा, मासु, धुलो दूधमा आत्मनिर्भर भएको घोषणा

सरकारले अण्डा, मासु, धुलो दूध र दूधजन्य पदार्थ बटरमा आत्मनिर्भर भएको घोषणा गरेको छ। बिहीबार एक कार्यक्रम आयोजना गरी सो वस्तुमा आत्मनिर्भर भएको घोषण गरेको हो। भैसीबाहेक अन्य मासु, धुलो दूध, अण्डा र मासुको आयात शून्य भएको कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिइन्।

विश्व स्वास्थ्य संगठनले प्रति वर्ष प्रति व्यक्ति ९१ लिटर दूध, ४८ वटा अण्डा र १४ किलो मासु आवश्यक हुने जनाएको छ। सोहीआधारमा नेपालमा प्रतिव्यक्ति प्रति वर्ष ५५ वटा अण्डा, २८ किलो मासु, ७९ लिटर दूध र साढे ३ किलो मासु उत्पादन हुने गरेको मन्त्री अर्यालको भनाइ छ।

५ वर्ष भित्र कृषिका सबै वस्तुमा आत्मनिर्भर हुने गरी पञ्च वर्षीय योजना बनाएको मन्त्री अर्यालले बताइन्। ‘हामीले पञ्च वर्षीय योजना बनाइरहेका छौं, अबको ५ वर्ष भित्र कृषिमा आत्मनिर्भर भई निर्यातसमेत गर्छौं,’ उनले भनिन्। नेपालमा धुलो दूध आवश्यकताभन्दा बढी उत्पादन हुने गरेको उनले जानकारी दिइन्।

‘हाम्रो आवश्यकता तीन हजार मेट्रिक टन हो। हामीले तीन हजार चार सय मेट्रिक उत्पादन गरिरहेका छौं,’ उनले भनिन्। मन्त्रालयको तथ्यांकअनुसार नेपालमा चार लाख ५० हजार मेट्रिक टन मासु उत्पादन हुन्छ। त्यसमध्ये ४६ प्रतिशत कुखुराको मासु छ। नेपालमा खसी, कुखुरा, बङ्गुर र राँगाको मासु बढी प्रयोग हुँदै आएको छ।

फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार ३ हजार ४ सय ५० मेट्रिक टन धुलो दूध र १ हजार ८ सय ६० मेट्रिक टन बटर मौज्दात रहेको मन्त्रालयले जनाएको छ।

त्यसमध्ये दुग्ध विकास संस्थानसँग १ हजार ५० मेट्रिक टन धुलो दूध र ५ सय ५० मेट्रिक टन बटर मौज्दात छ भने निजी क्षेत्रसँग २ हजार ४ सय मेट्रिक टन धुलो र एक हजार २९० मेट्रिक टन बटर मौज्दात छ।

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…