प्रधानमन्त्री ओलीको ‘हेल्थ टिप्स’: गर्मीमा कोल्ड ड्रिङ्क्स होइन मोही खानुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजारमा पाइने इनर्जी ड्रिङ्स स्वास्थ्यका हितकारी नभएको बताउँदै गाई भैंसीको मोही पिउन सुझाव दिएका छन् । बिहिबार ललितपुरमा कृषि मन्त्रालयले आयोजना गरेको पशुपंछी जन्य उत्पादनमा मुलुक आत्मनिर्भर घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मोही खान सुझाव दिएका हुन् ।

‘यो गर्मीमा के के ड्रिङ्स, मोही पो खानुपर्छ त । मोही पो खानुपर्छ । विदेशबाट बट्टामा इनर्जी ड्रिङ्स भनेर बिग्रिएको पानी पो आएको हुन्छ कि, केही थाहा हुँदैन । मोही दुई तीन दिनभित्र खाइ सक्नुपर्छ । फ्रिजमा राख्यो भने दुई चार दिनसम्म पनि लम्ब्याउन सकिन्छ । खाने मोही हो नि, मोहीमा जस्तो तागत के मा छ ?’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले डेरी उत्पादन जतिको स्वाथ्यवर्दक अरु पेय पदार्थ हुन नसक्ने बताए । यस्तै प्रधानमन्त्रीले विभिन्न ब्राण्डमा नेपालमा चकलेट उत्पादन गर्न सकिने बताएका छन् । उनले त्यस्ता चकलेटका सम्भावित ब्राण्डहरु समेत सिफारिस गरेका छन् । उनले भने– ‘उनले हामीले स्वीट्जरल्याण्ड, हल्याण्डको चकलेट किन खानुपर्यो ? हिमालय चकलेट किन नबनाउने ? माउन्ट एभरेष्ट चकलेट किन नबनाउने, माछापुच्छ्रे चकलेट किन नबनाउने ? फेवा चकलेट किन बनाउन नसक्ने ? फोक्सुन्डो चकलेट ।’ हामीले उत्पादन गरेका दूधबाट यस्ता धेरै ब्राण्ड दिएर चकलेट बनाउन सकिने उनले सुझाए ।

उनले चौरीको दुधबाट बनेका खाद्यवस्तुलाई ब्राण्डिङ गरेर अलि बढी मूल्यमै पनि बिक्री गर्न सकिने बताए । उनले चौरीको दूधबाट बनेका खाद्यवस्तु र च्याङ्‍ग्राको मासुलाई जडिबुटी खाएर उत्पादन भएको भनेर बढी मूल्यमा बेच्न सकिने उल्लेख गरे । उनले ती वस्तुमा औषधीय गुण छ, त्यसकारण यसको मूल्य बढी पर्छ भनेर बिक्री गर्ने हो भने महङ्गो भएर पनि ग्राहक फेरि खरिद गर्न आउने बताउँदै ठूलो स्केलमा उत्पादन गर्नुपर्ने बताए ।

यस्तै औषधीय गुण भएका फलफूल उत्पादन गरेर पनि बिक्री गर्नुपर्ने बताउँदै उनले एकपटक जामुन खाए एक वर्षलाई कलेजो सफा हुने उल्लेख गरे । उनले सरकारले कृषि क्षेत्रमा बैदेशिक लगानी खुला गर्न लागेको बिषयमा आफ्नो बचाउ गर्दै नेपालमा उत्पादन भएको कृषिजन्य सामग्री उत्पादन भई विदेशमा निर्यात गर्न सक्ने दावी गरे ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…