ऋषि धमलाले सरप्राइज गिफ्ट दिदै भने, एलिजा जी ‘ब्यूटी क्विन’

बुधबार बेलुकी काठमाण्डौको पाँच तारे होटलमा आफ्नो जन्मदिन मनाउँदै गर्दा मोडल तथा नायिका एलिजा गौतम खुशी देखिइन् । एक त चलचित्र क्षेत्रका नजिकका साथीहरुको उपस्थिती, अर्कोतिर श्रीमान् ऋषि धमलाको सरप्राइज गिफ्ट । एलिजा खुशी नहुने कुरै थिएन ।

उनै, एलिजाको सुन्दरताको प्रशंसा गर्दै ऋषिले भने–‘एलिजाको बारेमा त मैले के भन्नु । आफन्त, साथीभाई, चलचित्र क्षेत्रमा मानिसहरु सबैले उनको सुन्दरताको प्रशंसा गरिरहेका छन् । उनी ‘ब्यूटी क्विन’ हुन् ।’

श्रीमान् ऋषि धमलाको कुराले एलिजा भने लजाइन् । वन पिस पहिरनमा सजिएकी एलिजा आकर्षक देखिएकी थिइन् । चलचित्र क्षेत्रमा आएपछि पहिरनमा समेत ध्यान दिइरहेकी एलिजाले सबैसँग बसेर जन्मदिन मनाउन पाउँदा खुशी व्यक्त गरिन् । ‘अनुराग’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी एलिजा पछिल्लो केही महिनायता म्यूजिक भिडियोमा व्यस्त छिन् ।

कलाकार उद्धव भट्टराईलाई २५ हजार नगद सहयोग

नायिका एलिजा गौतमले कलाकार उद्धव भट्टराईलाई २५ हजार नगद सहयोग गरेकी छिन् । एलिजाले आफ्नो जन्मदिनको अवसरमा काठमाडौंको नयाँ बानेश्वरमा रहेको पाँचतारे होटेल एभरेष्टमा आयोजित विशेष समारोहका बीच उक्त सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

कलाकार भट्टराईलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै उनले सबै कलाकारलाई पनि सहयोग गर्न आग्रह गरेकी थिईन् । नायिका गौतमको जन्मदिनमा गोविन्द राई, नरेश भट्टराई, नायिका आँचल शर्मा र उनको पति डा. उदिप श्रेष्ठ, कलाकार निर्मल शर्मा, गायकहरु प्रकाश सपुत र दुर्गेस थापा, निर्देशक शिव वीक लगायत पुगेका थिए ।

भर्खरै प्रकाशित

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…