राजेन्द्र महतोलाई जेलबाट यस्तो जवाफ दिएर फर्काए रेशम चौधरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा जाने नजाने विवादमा आफूलाई मुछेपछि डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) दुई खेमामा विभाजित भएका बेला रेशमले कुनै हालतमा यो सरकारमा जान नहुने भनेको प्रचार गरिएको थियो । यसबारे बुझ्न जसपाका वरिष्ठ नेता राजेन्द्र महतो आफैं बुधबार डिल्लीबजार कारागार पुगेका थिए ।

त्यसको भोलिपल्ट बिहीबार रेशमले विज्ञपित जारी गर्दै गलत प्रचार भएको बताएका छन् । पार्टी अध्यक्ष महन्थ ठाकुरले काम गरिरहेको र सरकारमा जाने नजाने निर्णय आफ्नो एकल प्रयासमा सम्भव नहुने भन्दै उनले भनेका छन्, ‘त्यो पार्टीको निर्णय होला । पार्टीले गर्ने निर्णयमा म बाधक बन्ने कल्पना गर्न सक्दिनँ ।’

कति सहज छ रेशमको रिहाई ?

सरकारले जसपाको समर्थन लिन जति सहज रुपमा रेशमलाई रिहा गर्ने आश्वासन दिइरहेको छ, त्यति सजिलो नरहेको कानूनका जानकारहरु बताउँछन् ।

फौजदारी कानुनका जानकार अधिवक्ता सुनील पोखरेलका अनुसार चौधरीलाई जेलबाट छुटाउन दुईवटा बाटा छन् ।

पहिलो, राष्ट्रपतिबाट कैद सजाय मिनाहा ।

यसका लागि मुद्दाको अन्तिम किनारा लागेको हुनुपर्छ । रेशमको हकमा सर्वोच्च अदालतमा परेको पुनरावेदन फिर्ता हुनुपर्छ वा अन्तिम फैसला आउनुपर्छ । त्यसपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेशमको बाँकी कैद सजाय मिनाहा गर्न सक्छिन् ।

माओवादी स’शस्त्र द्व’न्द्वका’लमा भएको ओखलढुंगाका उज्जन श्रेष्ठ (भुवन) को ह’त्या’मा दो’षी ठहर भएका बालकृष्ण ढुंगेलले पनि यसरी नै कै’द मिनाहा पाएका थिए । यदि रेशमको बाँकी कै’द सजाय यसरी नै मिनाहा भयो भने उनी दो’षी ठहर भएको अभियोग हट्दैन ।

त्यस्तो अवस्थामा सांसद भइरहन अयोग्य हुन सक्छन् । किनकी नेपालको संविधानको धारा ८७ मा सांसदको योग्यतामा ‘नैतिक पतन देखिने फौ’जदा’री कसूरमा सजाय नपाएको’ हुनुपर्ने उल्लेख छ ।

दोस्रो, रेशममाथि लागेको अभियोग नै फिर्ता लिने ।

यो बाटो भने सहज नभएको अधिवक्ता पोखलेल बताउँछन् । यसका लागि सर्वोच्च अदालतले कुनै कारण देखाएर यो मुद्दा फेरि जिल्लामा पठाउनुपर्छ । र, सरकारले अदालतसँग अनुमाति लिएर मात्रै मुद्धा फिर्ता लिनसक्छ । यो प्रक्रिया लामो हुने भएकाले जसपा नेताहरुले चाहेजस्तो तत्काल रेशम छुट्न सम्भव हुन्न ।

सबै प्रक्रिया पुर्‍याएर अभियोग फिर्ता लिने हो भने घटनाका पीडित पक्षबाट मुद्दा पर्ने सम्भावना हुन्छ । र, सत्य निरुपण तथा मेलमिलापसम्बन्धी एउटा मुद्दामा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ नेतृत्वको ५ सदस्यीय इजलासलले ३० पुस २०७२ मा गरेको फैसलामा ला’गू औ’षध, ब’ला’त्कार, ज’घन्य अ’परा’धका मु’द्दा फिर्ता हुन नसक्ने भनेर फैसला दिएको छ । रेशमको हकमा पनि यो नजीर आ’कर्षित हुनसक्छ ।

कुनै समय रेशमको मुद्दा हेरेका प्रदेश २ सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा भन्छन्, ‘रेशम चौधरीलाई सर्वोच्च अदालतले मात्र सफाइ दिनसक्छ । त्यसको ‘ग्राउण्ड’ पनि छ । जिल्ला र उच्च अदालतको राय बाझिएको छ र घ’ट’ना भएको बेला उनी घ’टना’स्थल’मा नभएको प्रमाणहरु पनि छन् ।’

तर सरकारले के आधारमा उनलाई रिहा गर्छु भनेको छ भन्ने आफूले नबुझेको उनले बताए ।

राजपा वरिष्ठ नेता महतोले कुन प्रक्रिया पूरा गरेर रि’हा गर्ने हो आफूहरुको विषय नभएको बताउँछन् । तर रेशमसहित जेलमा रहेका कै’दीब’न्दीहरु’को रिहा, मुद्दा फि’र्ता र संविधान संशोधन विधेयक दर्ता नभएसम्म सरकारलाई समर्थन न’गर्ने उनको भनाइ छ । ‘केपी ओलीको यही सरकारमा राजपालाई प्राथमिकताका साथ सहभागी हुने प्रस्ताव आएको थियो, तर हामीले यही सर्त राख्यौं । उसले पुरा गरेन र हामी सरकारमा गएनौं, उनी भन्छन्, ‘आज त सरकारलाई सहयोग चाहिएको छ । हाम्रो माग पुरा गर, सहयोग गर्छों । गरेन भने गर्दैनौं ।’

भर्खरै प्रकाशित

जात थाहा पाएपछि कोठा नदिने घरबेटीविरुद्ध रूपा सुनारले प्रहरीमा दिइन्…

तल्लो जातको भन्दै कोठा भाडा नदिएको घरबेटीविरुद्ध सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका–…

युरोपको एउटा ‘फुच्चे’ देश कसरी फुटबलको महाशक्ति बन्यो ?

खेलकुदको दुनियाँमा यो ठूलो उपलब्धिमध्येको एक हो । यस ग्रहकै सबैभन्दा लोकप्रिय खेलमा कसरी एउटा सानो देश पहिलो वरीयताको टोली बन्यो ? मात्र १ करोड…

उत्तर कोरियामा लाग्दैछ भोकमरी, प्रतिकेजी केराको मूल्य ४५ डलर

पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम जोङ उनका विभिन्न तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन्। किमले अन्तर्राष्ट्रिय राजनीतिमा केही असर पर्ने काम गरेकाले उनका तस्बिर…

प्रहरीले छानविन गर्न थालेपछि माफी मागिन् ज्वाला सङ्ग्रौला

ट्राफिक प्रहरीले लाइसेन्स माग्दा रंगभेदी दुर्व्यवहार गर्ने ज्वाला सङ्ग्रौला र उनको समूहविरुद्ध मु’द्दा चलाउन प्रहरीले छानविन अघि बढाएको छ । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने…

‘एक्स ९’मा सुनिल सेट्टीलाई अफर, अनमोलसँग होला पर्दा शेयर ?

चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले निर्देशन गर्न लागेको तेश्रो चलचित्र ‘एक्स ९’का लागि बलिउड नायक सुनिल सेट्टीलाई अफर गरिएको छ…