विद्युत प्राधिकरणको बक्यौता मिनाहा गराउन थापाथलीमा पार्टी कार्यालय उपहार !

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले धुम्बाराहीस्थित पार्टी कार्यालय छोडेर थापाथलीमा सर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले बुधबार कार्यालय बस्ने भवनको अनुगमन समेत गरे । मारवाडी समूदायका व्यापारी सञ्जय अग्रवालको घर एमाले पार्टी कार्यालय राख्न ५ बर्षको लागि लिजमा लिइएको छ ।

पौने चार रोपनी क्षेत्रफलमा फैलिएको सो भवन पार्किङ स्थलकोसमेत राम्रो प्रवन्ध रहेको छ । पाँच वर्षको लागि उक्त स्थान भाडामा लिनेसम्बन्धी सम्झौता भएको एमालेका एक नेताले बताएका छन् ।

घर कस्को हो ?

उद्योगी तथा ब्यापारीहरु धमाधम एमाले प्रवेश गरिरहेको चर्चा चलिरहेका बेला त्यसरी प्रवेश गर्नेमध्यका एक थिए उद्योगपति राजेशकुमार अग्रवाल । अग्रवाल अर्घाखाची सिमेन्ट र श्रीस्टीलका संचालक र महाप्रवन्धक हुन ।

उनै अग्रवाल र उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं अर्घाखाची सिमेन्टका मालिक पशुपति मुरारका र उद्योग परिसंघका अध्यक्ष एवम् शिवम् सिमेन्टका मालिक सतिशकुमार मोरको योजनामा ब्यापारीलाई छलफल छ भनि डाकेर एमाले प्रवेशको घोषणा गरिएको थियो ।

त्यसैको पछिल्लो परिणाम अनुसार अग्रवाललाई बालुवाटारमा पार्टी प्रवेश गराइएको हो । पशुपति मुरारकाको अर्घाखाँची सिमेन्टले नेपाल विद्युत प्राधिकरणले ७० करोड डेडिकेटेड बक्यौता तिर्न बाँकी छ ।

त्यस्तै मोरको शिवम् सिमेन्टले १ अर्ब ८० करोड तिर्न बाँकी छ । विद्युत महशुल विनियमावलीले थप २५ प्रतिशत थपेर असुल गर भनेको छ ।

प्राधिकरण संचालक समितिले डेडिकेटेड र ट्रंक बक्यौता असुल गर्न निर्णय गरिसकेको छ भने असार मसान्तसम्म नतिरे लाइन काट्ने सूचना जारी गर्ने तयारी गरिरहेको छ । सोही विषयलाई विषयान्तर गर्नका लागि बक्यौता रहेका व्यापारीले पार्टी प्रवेश र पार्टी कार्यालय उपहार दिएको हुन सक्ने एमालेका माधव नेपाल पक्षीय एक नेताले बताए ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…