भारतले कोरोना खोप निर्यातमा प्रतिबन्ध लगायो, नेपालमा खोप नपाउने चिन्ता

काठमाडौँ । भारतमा पुनः कोरोना भाइरसका संक्रमितहरु ह्वात्तै बढ्न थालेपछि कोरोना भाइरसविरुद्धको खोप (भ्याक्सिन) निर्यातमा प्रतिबन्ध लगाइएको छ ।

अक्सफाेर्ड-एस्ट्राजेनेकाद्वारा विकसित एवं भारतमा उत्पादित कोभिशिल्ड नामक खोप निर्यातमा भारत सरकारले रोक लगाएको बताइएकाे छ । यसअघि नेपालमा अग्रपंक्तिमा रहेर काम गर्नेहरु र उच्च जोखिम समूहलाई दिइएको खोप सोही कोभिशिल्ड हो । तर भारतले खोप निर्यातमा रोक लगाएपछि भने नेपालमा यसअघि खोप लगाएहरुले पनि दोस्रो डोज खोप नपाउने चिन्ता बढेको छ ।

भारतीय विदेश मन्त्रालयले भारतमै कोरोना संक्रमितहरु पुनः बढिरहेकाले तत्काललाई खोप निर्यातमा प्रतिबन्ध लगाइएको हो । यस महिना भारतमा कोरोनाको नयाँ लहर शुरू भएर संक्रमितहरु दैनिक रुपमा बढिरहेका छन् । हाल त्यहाँ दिनहुँ ५० हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् ।

बिबिसी हिन्दीका अनुसार अहिले भारतमै कोरोना खोपको उच्च माग छ । सो माग धान्नकै लागि भए पनि कम्तीमा अप्रिल महिनाको अन्त्यसम्म नै भारतले अन्य देशमा भ्याक्सिन निर्यात गर्नेछैन ।

भारतले खोप निर्यात रोक्दा कोभ्याक्स योजनाअन्तर्गत खोप प्राप्त गर्ने नेपाल लगायत १९० देशमा असर पर्ने बताइएको छ । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा कोभ्याक्सअन्तर्गत सबै देशमा भ्याक्सिन उपलब्धता सुनिश्चित गर्ने लक्ष्यअनुसारअहिलेसम्म ७६ देशमा करिब ६ करोड डोज भ्याक्सिन भारतमार्फत नै पठाइएको छ । नेपालमा पनि भारतको अनुदानमा १० लाख खोप र कोभ्याक्स योजनाअन्तरगत ३ लाख खोप यसअघि प्राप्त भइसकेको छ ।

भर्खरै प्रकाशित

स्वीस बैंकमा करिब ४६ अर्बको कालोधन प्रधानमन्त्री ओली निकट व्यापारीहरुको

काठमाडौं । स्वीस बैंकमा नेपालीहरुको ‘शंकास्पद धन’ करिब ४६ अर्ब पुगेको छ । यो कालोधन भएको र त्यसमा उच्च नेताहरुको रहेको आशंका गरिएको छ ।…

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…