ओलीलाई पदबाट हटाउन प्रतिपक्षी दलले ढिलाइ गर्‍यो : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन प्रतिपक्षी दलले ढिलाइ गरेको बताएका छन्।

संसदमा भट्टराईको दल पनि प्रतिपक्षमा छ। भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित दलले ढिलाइ गर्दा ओली सरकारले निरन्तरता नै पाएको संकेत गरेका छन्।

प्रतिपक्षी दल सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने भूमिमामा चुक्न नहुने उनको भनाइ छ। सत्तामा अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्र छन्।

नेकपा भइसकेका यी दल सर्वोच्चको फैसलापछि पुन: अस्तित्वमा आएका थिए। प्रतिपक्षी दल सत्तापक्षलाई खबरदारी गर्दै कुनै पनि बेला नयाँ निर्वाचन वा सरकार दिन तयार हुनुपर्नेमा त्यसो नभएकोमा भट्टराईले असन्तुष्टि जनाएका छन्।

‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनै पनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो,’ बिहीबार भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन:नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकूल भएन है!’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली बहुमतमै रहेको उल्लेख गरेका थिए। मंगलबार धरानमा आयोजित कार्यक्रममा देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकोले ओली सरकार बहुमतमै रहेको बताएका थिए।

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…