दुर्गा प्रसाईँद्वारा एमालेको टिकटबाट चुनाव लड्ने घोषणा

काठमाडौं, ११ चैत्र । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले अबको चुनाव केपी शर्मा ओली भर्सेस अन्य दल हुने ठोकुवा गरेका छन् । उनले ओलीको नेतृत्वमा नेकपा एमालेले सानदार बहुमत ल्याउने दाबी समेत गरे ।

‘अबको चुनाव केपी ओली भर्सेस अन्य पार्टी हुन्छ,’प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा आज प्रसाईंले भने,‘चुनावमा फेरि पनि ओलीको बहुमत आउँछ ।’ एमाले कुनै हालतमा नफुट्ने र सानदार जीत हासिल गर्ने ठोकुवा गरे ।

आफूले प्रचण्डलाई नभई उनको गलत प्रवृत्तिलाई छाडेको बताए । उनले भने,‘प्रचण्ड महान नेता हुन् ।’ प्रचण्डले गणतन्त्र ल्याएको र ओलीको अनुहारले कम्युनिस्ट पार्टीले बहुमत ल्याएको बताए । उनले भने,‘केपी ओलीको अनुहारले बहुमत ल्याएको हो, चाहे उखान भनुन् टुक्का भनुन् ।’

प्रसाईंले आफू एमालेको टिकटबाट चुनाव लड्न तयार भएको समेत बताए । देशको जुनसुकै क्षेत्रबाट चुनाव लडेर जित्नसक्ने दाबी गरे । उनले भने,‘एमालेले चाह्यो भने चुनाव लड्न तयार छु । जुनसुकै क्षेत्रबाट चुनाव जित्न सक्छु ।’

प्रचण्डलाई सडकमा बसाउनेहरुलाई उनले फटाहाको संज्ञा दिए । उनले भने,‘प्रचण्ड जस्तो नेतालाई सडकमा बसाउने ?’ आफूले ओली र प्रचण्डबीच फोनबाट हालै कुरा गराएको सुनाए । उनले भने,‘मेरो मोबाइलबाट कुरा गराएको हुँ ।’

उनले देशमा ३० अर्ब लगानी गरेको र ३ हजारभन्दा बढीलाई रोजगारी दिइरहेको सुनाए । मेची अञ्चलमा चारधाम बनाउन लागेको खुलासा पनि गरे । अयोध्या, ठोरीका अलावा चार धामको माटो ल्याएर मेचीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने बताए । केपी शर्मा ओली हिन्दु भएको बताए । उनले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने बताए ।

भर्खरै प्रकाशित

निर्वाचन आयोगले ठाकुरसँग माग्यो जवाफ

काठमाडौँ । निर्वाचन आयोग जनता समाजवादी पार्टीमा देखिएको आधिकारितासम्बन्धी विवादको निरूपण प्रक्रियामा प्रवेश गरेको छ । आयोगले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई लिखित जवाफ पेस गर्न…

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…