राजेन्द्र महतोले जेलमै पुगेर रेशम चौधरीलाई सोधे- सरकारमा नजाऔं भनेको हो ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले कारागारमा रहेका आफ्नै पार्टीका निलम्बित सांसद रेशमलाल चौधरीलाई डिल्लीबजार कारागारमा पुगेर भेट गरेका छन् । नेकपा एमालेसँग सत्ता सहकार्यको हल्ला चलिरहेका बेला टीकापुर ह’त्या’का’ण्डका प्रमुख योजनाकारका आ’रोपमा जन्मकैदको सजायँ पाएका निलम्बित सांसद चौधरीलाई भेट्न महतो बुधबार डिल्लीबजार कारागार पुगेका हुन् ।

एमालेसँग सत्ता साझेदारीका लागि रेशम चौधरीको मुद्दा फिर्तालाई जसपाले प्रमुख एजेण्डा बनाइरहेका बेला बुधबार रेशम चौधरीकै भनाइ भन्दै ओलीसँग सहकार्य गर्न नहुने, बरु जेलमै कुहिने समाचार बाहिर आएको थियो ।

त्यसलगत्तै डिल्लीबजार कारागार पुगेका नेता महतोले एमालेसँग सत्ता साझेदारीमा जान नहुनेबारे बोलेको हो ? भन्दै चौधरीलाई सोधेका थिए ।

जवाफमा निलम्बित सांसद चौधरीले आफूले कोहीसँग पनि त्यस्तो नभनेको प्रतिक्रिया दिएका थिए । चौधरीले आफूले सत्ता सहकार्य लगायतका राजनीतिक विषयमा कोहीसँग केही कुरा नगरेको भन्दै बाहिर आएको कुरा भ्रामक र कपोलकल्पित भएको जवाफ महतोलाई दिएका थिए ।

जसपाभित्र ओली नेतृत्वको सरकारमा जानुपर्छ र जान हुँदैन भन्ने दुई धार देखिँदै आएको छ । यहीबेला चौधरीले जेलभित्रैबाट ओलीसँग सहकार्य गर्नु हुँदैन भनेको प्रतिक्रिया बाहिर आएको थियो ।

सत्ता साझेदारीका सम्बन्धमा बाहिर के भइरहेको छ, त्यो कुरा आफूलाई थाहा नभएको र प्रधानमन्त्री तथा उनको दलसँग सहकार्य गर्ने वा नगर्नेबारे पार्टीले नै निर्णय गरोस् भन्ने आफूले चाहेको चौधरीले महतोलाई बताएका थिए ।

आफूले बोलेको भन्दै बाहिर आएको समाचारमा सत्यता नभएको र त्यसले आफ्नो चित्त दुखाएको भन्दै पार्टीको निर्णय आफूले मान्ने र पार्टी एक ढिक्का भएर अगाडि बढेको हेर्न चाहेको उनले बताएका थिए ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…