होली पर्व घरमै मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न आग्रह गरेको छ। पछिल्ला दिनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण जोखिम बढ्न थालेपछि मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको हो ।

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’ यसपाली होली पर्व पहाडमा चैत्र १५ गते र तराईमा १६ गते मनाइँदैछ।

रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ । डा.समिरका अनुसार गत सोमबारदेखि १२ हजार ४६६ पीसीआर परीक्षण गरिएकोमा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ। २६६ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घन्टामा १४५ जनामा कोरोना भाइस (कोभिड-१९) संक्रमण देखिएको छ। ३९ सय ६३ स्वाब पीसीआर गर्दा १४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ।

मन्त्रालयका अनुसार बुधबार ९० जना स्वास्थ्य लाभ गरेका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ। यस्तै हाल ५२ जना क्वारेन्टाइनमा र ११ सय ८२ जना आइसोलेसनमा छन्।

पछिल्ला दिनमा छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालमा जोखिम बढेको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढ्दै गएको भन्दै गृहमन्त्रालयले सतर्कताका लागि ७७ जिल्ला प्रशासनलाई परिपत्र गरेको छ।

यस्तै बुधबार बसेको प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले सङ्क्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ । यस्तै बुधबार काठमाडौं उपत्यकामा थप ६३ जनामा संक्रमण पुष्टि भएको छ भने देशभर ६३ जना क्वारेन्टाइनमा बसेका छन्।

भर्खरै प्रकाशित

स्वीस बैंकमा करिब ४६ अर्बको कालोधन प्रधानमन्त्री ओली निकट व्यापारीहरुको

काठमाडौं । स्वीस बैंकमा नेपालीहरुको ‘शंकास्पद धन’ करिब ४६ अर्ब पुगेको छ । यो कालोधन भएको र त्यसमा उच्च नेताहरुको रहेको आशंका गरिएको छ ।…

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…