राष्ट्रकै भविष्य फेरि जोखिममा : दाहाल

काठमाडौँ  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रकै भाग्य, भविष्य फेरि जोखिममा परेको बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालीको आत्मनिर्णयको अधिकारसहित राष्ट्रकै भाग्य, भविष्य फेरि जोखिममा परेको बताए ।

‘तपाईं हामी सबैको भाग्य, भविष्य, यो राष्ट्रकै भाग्य भविष्य, तपाईं हाम्रा सन्ततिहरुको भविष्य अहिले फेरि जोखिममा परेको छ, धरापमा पारिएको छ । नेपालीहरुको आत्मनिर्णयको अधिकार फेरि एकचोटी जोखिममा छ,’ दाहालले भने ।

विगतमा नेपाली जनताले बाह्य हस्तक्षेपबाट नभई आफ्नाबारे आफैं निर्णय गरेर परिणाम पनि निकालेको दाहालले बताए । शान्ति सम्झौतामा हस्ताक्षर, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, संविधानसभाबाट संविधान घोषणा नेपाली आफैंले गरेको निर्णयको परिणाम रहेको दाहालको भनाइ छ । तर, अहिले आदेशपालक बनाउन खोजिएजस्तो महसुस आफूलाई भएको उनको भनाइ छ ।

‘हाम्रोबारेमा निर्णय गर्दैगर्दा कसैको डर, धम्की, धाक हैन हामी आफैंले निर्णय गरेर परिणाम निकालेका थियौं । त्यो तपाईं/हामी सबैको गौरवको विषय हो । तर फेरि अहिले हामी निरीह हुन थालेको हो कि, फेरि नराम्रोसँग हेपिन थालेको हो कि, नेपालीहरुलाई निर्णयको अधिकार छैन, तिमीहरु निरीह हौ, निरीह नै रहिराख्न खोजिएको हो कि ?’

उनले भने, ‘तिमीहरुले बढी गर्‍यौं भने परिणाम भोग्न तयार होउ भनेर धम्की पो आउन थालेको हो कि ? आदेशपालक बनाउन पो खोजिएको हो कि भनेको जस्तो लाग्छ । म नेतृत्वमा भएको हुँदा मलाई यस्तो लागेको, अलि बढी छटपटी, पीडाबोध भएको स्थिति छ ।’

राजनीतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध नभए अझै खतरा हुनसक्ने दाहालले बताए । ‘जसरी संसद् भंग भयो त्यो संसद्‌मात्रै भंग भएको थिएन । संविधानलाई कागजको खोस्टो बनाएर च्यात्न खोजिएको थियो, सार्वभौम नेपाली जनताको सार्वभौम अधिकारको अपहरण हो त्यो । सामान्य पहिला पहिला जस्तो मध्यावधि गर्ने भनेजस्तो हैन त्यो ।

अहिले सर्वोच्चले सच्चाएको छ,’ दाहालले भने, ‘तर अझै पनि खतराको कालो बादल मडारिइराखेको छ आकाशमा । नेपाली जनताले चनाखोपनलाई, राजनीतिक चेतनालाई दह्रो बनाउँदै एकताबद्ध भएन भने खतरा हुन पनि सक्छ ।’

भर्खरै प्रकाशित

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…