सहमति विपरित महाकाली नदीमा एकलौटी रुपले यस्तो गर्दैछ भारत, साइलेन्ट छन् केपी ओली

काठमाडौं । सीमा नदीमा तटबन्ध बनाउँदा दुवै देशको सहमति लिनुपर्नेमा भारतले सहमतिबिनै तटबन्ध निर्माण गरिरहेको छ । भारतले गत पुसदेखि महाकाली नदीमा आफ्नोपट्टि बाँध निर्माण गरिरहेको हो ।

२०७० सालमा भारतले २ सय ८० मेगावाट विद्युत उत्पादन हुने धौलीगंगा बाँधको ढोका खोल्दा महाकाली नदीमा पानीको बहाव उच्च भइ नेपालतर्फका १ सय ४७ घर बगेका थिए । नेपालको १ हजार ५७ रोपनी जमिन बगेको थियो ।

उतिबेला नदीले धार परिवर्तन गर्दा नेपालको ३५ हेक्टर जमिन भारततर्फ गएको छ । अहिले भारतले उतिबेला बगरमा परिणत भएको जमिनमा तटबन्ध निर्माण गरिरहेको छ ।

आगामी दिनसमेत नदीमा पानीको बहाव बढेमा नेपालका गल्फै, नमस्कार, उकु, बाँकु, लाली, धामदत्तु लगायत गाउँबस्ती जोखिममा रहनेछन् भने हजारौँ हेक्टर उर्वर भूमि बग्ने निश्चित देखिन्छ ।

जबकि २०७० सालमा दार्चुलामा बाढी गएको बेला नेपालले तटबन्ध निर्माण गर्न दार्चुलाका सीडीओ र भारततर्फका जिल्ला अधिकारी (डीएम) का साथै प्राविधिक टिमसँग सहमति भएको थियो । त्यतिमात्रै नभइ नेपाल भारतको उच्चस्तरीय टोली ज्वाइन्ट स्टान्डिङ टेक्निकल कमिटीबीच समेत सहमति भएको राजधानीले लेखेको छ ।

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…