फलामे डन्डी भाँचेर भाग्यो नरभक्षी बाघ, निकुञ्ज आसपासको बस्तीमा त्रास

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएर बाँके निकुञ्जस्थित खोरमा थु’नेको बाघ भागेको छ । गत चैत ५ गते नि’यन्त्रणमा लिई बाँके निकुञ्जको खैरी पोस्टको टाइगर होल्डिङ सेन्टर (उद्धार केन्द्र) मा थुनिएको बाघ मंगलबार बिहान फलामे डन्डी भाँचेर भागेको हो ।

बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहका अनुसार फलामे डन्डीसहितको खोर भत्काएर बाघ उत्तरतर्फ भागेको छ । उद्धार केन्द्रमा बाघ अनुगमनका लागि दुईवटा सीसी क्यामेरा राखिएको थियो । सीसी क्यामेराको फुटेजबाट बाघ भागेको जानकारी पाएपछि खोजी गरे पनि नभेटिएको उनले बताए । २०७४ मा बाघ थुन्ने फलामे खोर निर्माण भएको थियो ।

पहिलोपटक बर्दियाबाट ल्याइएको बाघ उक्त खोरमा थुनिएको थियो । खोरको अवस्था नै नबुझेर बाघलाई थुनिएको निकुञ्जका कर्मचारीले बताए । मर्मतसम्भार नहुँदा खोर थोत्रो भइसकेको थियो ।

सोमबार दिउँसो पशु चिकित्सकले बाघको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । दिउँसो दिइएको आ’हारा पनि बाघले खाएको प्रमुख संरक्षण अधिकृत साहले बताए । वयस्क बाघ खोरबाट भागेपछि निकुञ्ज आसपासका बस्तीका बासिन्दा आ’तंकित छन् । वन्यजन्तु विशेषज्ञ डा. नरेश सुवेदीले सर्वसाधारणलाई जंगलमा नजान आग्रह गरेको बताए ।

‘बाघलाई नि’यन्त्र’णमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली परिचालित भएको छ,’ उनले भने, ‘बाघ प्राकृतिक बासस्थानतर्फ गएकाले फर्केर गाउँबस्तीमा पस्ने सम्भावना कम छ ।’ बर्दियाको मधुवन नगरपालिका–३ गौरी सामुदायिक वनबाट डार्ट गरी उक्त पाटेबाघलाई बाँके निकुञ्जको खोरमा ल्याइएको थियो ।

मधुवन–३ खाता जैविक मार्गमा यस वर्ष बाघको आ’क्रम’णमा ६ जनाको मृ’त्यु भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली खटिएको थियो । नरभक्षी बाघलाई खोज्ने क्रममा उक्त भालेलाई टोलीले नि’यन्त्र’णमा लिएको थियो । तर मान्छे मा’र्न पल्केको बाघ त्यही नै हो भन्ने पुष्टि भने भएको थिएन । बेहोस बनाउन सुई दिएर नि’यन्त्र’णमा लिइएको उक्त बाघको अगाडिका खुट्टाका नंग्रा थिएनन् । उक्त बाघले मधुवन आसपास क्षेत्रका किसानको घरपालुवा पशुचौपाया मा’रेको भने पुष्टि भएको थियो । बर्दियामा बाघले दुई वर्षयता १७ र बाँकेमा २ गरी १९ जनाको ज्या’न लिइसकेको छ ।

बर्दिया निकुञ्जमा बाघ थुन्ने खोर एउटै छ । उक्त खोरमा गत कात्तिक महिनामा गेरुवा गाउँपालिकाको मध्यवर्ती क्षेत्रबाट नि’य’न्त्र’णमा लिइएको भाले बाघलाई थुनिएको छ । बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले भाले बाघहरूलाई एउटै खोरमा राख्दा आपसमा जुधेर घाइते हुने र म’र्ने जोखिम हुने बताए ।

यस वर्ष तीनवटा भाले बाघ नि’य’न्त्रण’मा लिइएको छ । करिब साताअघि गेरवामा समातिएको भाले पाटेबाघ खोरको अभावमा निकुञ्जको उद्धार केन्द्र रम्मापुरमा राखिएको छ । खोर नपुगेकाले जैविकमार्गबाट नियन्त्रणमा लिएको एउटा बाघ बाँके निकुञ्जमा पठाइएको थियो ।

बाघ भागेको घटना छानबिन गरी दोषीमाथि कडा का’रबाही हुनुपर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘घटनाका सम्बन्धमा बेलुकीसम्म निकुञ्जले जानकारी दिएको छैन,’ उनले भने, ‘यो गम्भीर ला’पर’बाही हो ।’ यसैबीच बाँकेस्थित पूर्व–पश्चिम राजमार्गको कोहलपुरदेखि बाँकेसँग सीमा जोडिएको दाङको सिमानासम्म सुरक्षा व्यवस्था कडा पारिएको छ । बाँके निकुञ्जस्थित राजमार्गमा दुईपांग्रे सवारीसाधन एक्लाएक्लैको साटो समूहमा मात्रै चलाउन दिइएको छ । साभार : कान्तिपुरबाट 

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…