जनयु’द्धकी कलाकार जयन्ता : डोकोमा व्यापार गरेर गुजारा चलाउँदै

दिउँसोको करिब १२ बजेको थियो । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभन्दा पश्चिम तर्फको चौरमा डोकोमा फलफूल बेच्दै गरेको अवस्थामा भेटिइन्, जयन्ता विक । उनी दिउँसोको गर्मीलाई छिचोल्दै डोको छेउमा फलफूल, चटपटे, पानी बेच्दै थिइन् । खुला चौरमा वरपर हिँड्ने मानिसलाई लक्षित गरेर जयन्ताले यो व्यापार थालेकी हुन् ।

जाजरकोटको जुनेचाँदे गाउँपालिका–१ स्थायी घर भएकी जयन्ता पछिल्ला ३ वर्ष यता वीरेन्द्रनगरमा छिन् ।

३ वर्ष वीरेन्द्रनगरमा बस्ने क्रममा एक वर्ष जति गिट्टी कुट्ने, बालुवा चाल्ने काम गरेको र पछिल्लो एक वर्ष यता व्यापार गर्न थालेकी हुन् ।

१० वर्षे स’शस्त्र द्व’न्द्वको समयमा जयन्ता विक नेपाल कम्युनिस्ट पार्टी माओवादीको कलाकारका रूपमा परिचित थिइन् । उनले ज’नयु’द्धका गीतका भावसँगै नाच्ने र गाउने गरेर चेतनाको विस्तार गरिन् । जिल्लास्तरीय दलित मुक्ति मोर्चा कलाकार समूहमा आबद्ध उनले जाजरकोट र रुकुम पश्चिमका थुप्रै कार्यक्रममा आफ्नो प्रस्तुति दिएकी थिइन् ।

कक्षा ८ मा पढ्दा पढ्दै साथीहरूको लहलहैमा लागेर २०६० सालको अन्त्यतिर उनी जनयु’द्धमा होइन् । १३ वर्षको कलिलो उमेरमै पढाइ छाडेर यु’द्धमा गएकी उनलाई अहिले पढाइ छाडेकोमा पछुतो छ ।

‘त्यो समय राम्ररी पढेको भए अहिले केही काम गर्न सकिन्थ्यो,’ उनले भनिन्, ‘आफूसँग पर्याप्त ज्ञान नहुँदा केही काम गर्ने आँट आउँदैन । आफ्नो इच्छा चाहना पूरा गर्न सकिँदैन ।’

माओवादी शान्ति प्रक्रियामा आयो । सत्ता परिवर्तनका खेलहरूमा नेताहरूको पौंठेजोरी उनले देखिन् तर उनी र उनको परिवारमा कुनै परिवर्तन आएन ।

उनले पढाइलाई निरन्तरता दिन सकिनन् । जातीय भेदभाव, छुवाछुत जस्ता कुसंस्कारको अन्त्य गर्न लागेकी जयन्ताको समाजमा जातीय भेदभाव समेत हटेन । अहिले उनलाई माओवादी नाम समेत मन पर्दैन । ‘सबै गफ मात्र लगाउँछन् ।

आफ्नो स्वार्थ पूरा भएपछि हराउँछन्,’ उनले भनिन, ‘मानिसमा राजनीतिक विरासत मात्र भएर हुँदैन सबैलाई समेट्न सक्नुपर्छ । सबैको इच्छा चाहनालाई पूरा गर्न सक्नुपर्छ ।’

उनको दैनिकी अहिले घर परिवारसँगै डोके व्यापारमा बितिरहेको छ । सधैं जसो उनी बिहान करिब ९, १० बजेतिर डोकोमा सामान सहित व्यापारका लागि यहाँ आउँछिन् । दिनभर सामान बेचिसकेपछि पुनः साँझ ५, ६ बजेतिर घर फर्किन्छिन् ।

थोरै सामान बेचेर दुई, चार पैसा आम्दानी गर्ने सोचसहित व्यापार सुरु गरेकी जयन्ताले आफूले सोचे अनुसारको आम्दानी गरिरहेकी छन् । दैनिक व्यापारबाट सामानको मूल्य कटाएर ४ सयदेखि ५ सय रुपैयाँ आम्दानी हुन्छ । यसैबाट घर चलाउनेदेखि बच्चाबच्चीको पढाइ खर्च जुटाएकी छन् ।

‘गिट्टी बालुवा कुट्न सरकारले नै बन्द गरेपछि विगत एक वर्ष यता व्यापारमा छु,’ जयन्ताले भनिन्, ‘बजारमा विभिन्न क्षेत्रमा सिजन अनुसार फलफूल, बदाम, चटपटे जस्ता सामग्रीहरू बेच्दै आइरहेको छु ।’ सुरुमा केही समय निराश हुँदै काम गरे पनि पछिल्लो समय उनी आफ्नो व्यापारबाट सन्तुष्ट छिन् । आज धेरै मानिसहरू बेरोजगार भएर बसेको अवस्थामा उनी आफ्नो कमाइबाट सन्तुष्ट भएको बताउँछिन् ।

आफ्नो व्यापारलाई बिस्तारै बढाउँदै जाने योजना रहेको उनी सुनाउँछिन् । उनीसँगै उनका तीन छोरा र श्रीमान् छन् । छोराहरू घर नजिकको सरकारी विद्यालयमा पढ्छन् । श्रीमान् काठमाडौँमा म्यानपावरमा काम गर्छन् । श्रीमानको कमाइसँगै जयन्ताको कमाइले उनीहरूको परिवार चलाउन सहज भएको छ । साभार : फरकधार 

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…