मकवानपुरका ५० जना स्वास्थकर्मीहरु एमालेमा प्रवेश

मकवानपुर । मकवानपुरका ५० जना स्वास्थकर्मीहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रबेश गरेका छन् । हेटौँडामा आयोजित एक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले ५० जना स्वास्थ्यकर्मीहरुलाई एमालेमा स्वागत गर्नुभएको हो ।

स्वास्थ्यकर्मीलाई स्वागत गर्दै मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रलाई निकै प्राथमिकता दिएको दाबी गर्नुभयो । नेपालको सबै स्थानीय तहमा अस्पताल बनाउनेदेखि स्वास्थ्य क्षेत्रमा सरकारले ठूलो परिवर्तन गरेको भन्दै एमाले सरकारले देशको विकासमा अग्रणी भूमिका निर्वाह गर्र्ने बताउनुभयो ।

मेडिकल ल्याब एसोशियसन अफ नेपालका केन्द्रीय कोषाध्यक्ष उत्सव चौँलागाईको नेतृत्वमा ५० जना प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका जिल्ला सहसंयोजक हिरा लामासहित विभिन्न स्वतन्त्र स्वास्थ्यकर्मी, डाक्टरहरु एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, संविधानसभा सदस्य अनन्त पौडेल, वागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, नेकपा एमालेका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

भर्खरै प्रकाशित

कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना,…

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…