जापानमा जग्गाको भाउ ६ वर्षमा पहिलो पटक घट्यो

टोकियो । जापानमा जग्गाको औसत मूल्य ६ वर्षमा पहिलो पटक घटेको छ । कोरोना भाइरसको महामारीबीच शहरी क्षेत्रमा व्यवसायिक जग्गाको माग घटे सँगै भाउ पनि घटेको हो ।

आवासीय र औद्योगिक समेत सबै श्रेणीका जग्गाको भाउ गत वर्षको सोही अवधिको तुलनामा जनवरी १ सम्ममा शून्य दशमलव ५ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा भने भाउ १ दशमलव ४ प्रतिशतले बढेको थियो ।

तीन ठूला महानगर टोकियो, ओसाका र नागोयामा सबै खालका जग्गाको भाउ अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ७ प्रतिशतले घटेको छ । ग्रामीण क्षेत्रको जग्गाको भाउमा पनि शून्य दशमलव ३ प्रतिशतको कमी आएको छ । ग्रामीण क्षेत्रमा जग्गाको मूल्यमा महामारीको प्रभाव तुलनात्मक रुपमा थोरै भएको भू मन्त्रालयले बताएको छ ।

जापानको ४७ मध्ये ३९ प्रिफेक्चरमा व्यवसायिक प्रयोजनका जग्गाको भाउ घटेको सरकारले गरेको वार्षिक सर्वेक्षणले देखाएको छ । ३८ प्रिफेक्चरमा आवासीय जग्गाको भाउ घटेको छ ।

सन् २०२० को उत्तराद्र्धमा भने जग्गाको भाउमा सुधार आएको छ । यति बेला जापानमा संक्रमण अलि मत्थर भएको थियो । तर टोकियो र अन्य क्षेत्रमा जनवरीको शुरु देखि मार्च २१ सम्म आपतकाल रहेकोले निकट भविष्यमा भाउ सुध्रने सम्भावना भने देखिएको छैन ।

देशभर व्यवसायिक प्रयोजनका जग्गाको भाउ शून्य दशमलव ८ प्रतिशतले घटेको थियो । यो सात वर्षयताको पहिलो कमी हो । सबैभन्दा मा’रमा तीन महानगर क्षेत्र परेका छन् ।यी क्षेत्रमा व्यवसायिक जग्गाको भाउ १ दशमलव ३ प्रतिशतले घटेको थियो । ग्रामीण क्षेत्रमा भने शून्य दशमलव ५ प्रतिशतको कमी आएको छ ।

देशभर १० ठूला व्यवसायिक जग्गाको भाउमा देखिएको कमी मध्ये ८ ओटा जग्गा ओसाकाको चुओ जिल्लामा थिए । दोटोम्बोरी जिल्लास्थित एक जग्गाको भाउ २८ प्रतिशतले घटेको छ । साप्पोरो, सेन्डाई, हिरोशिमा र फुकुओकाका व्यवसायिक जग्गाको भाउ भने ३ दशमलव १ प्रतिशतले बढेको छ ।

देशभर आवासीय जग्गाको भाउ भने शून्य दशमलव ४ प्रतिशतले घटेको छ । यो पाँच वर्षयताको पहिलो कमी हो । अनलाइन शपिङमा भएको वृद्धिका कारण लजिष्टिकको माग बढ्दा औद्योगिक जग्गाको भाउ भने जापानमा शून्य दशमलव ८ प्रतिशतले बढेको छ ।

भर्खरै प्रकाशित

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…

माधव नेपालप्रति संकेतगर्दै ओलीले भने, गल्ती महसुस गरेर आए पार्टीमा…

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता…