दुर्गाप्रसादको उपचार प्रदेश १ सरकारले गर्ने

विराटनगर । ह’त्या आ’रोपमा ४० वर्ष भारतीय जेलमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश नम्बर १ सरकारले गर्ने भएको छ । भारतको कोलकातास्थित दमदम केन्द्रीय कारागारबाट ४० वर्षपछि मुक्त भएका इलामको माई नगरपालिका–१० का तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने भएको हो ।

स्वास्थ्य अवस्थामा विषयमा प्रश्न उठेकाले दुर्गाप्रसादको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने प्रदेश १ को सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

‘जेलबाट छुटेर आएपछि उहाँको स्वास्थ्य अवस्थाको बारेमा विभिन्न कुराहरु उठेका छन्,’ उनले भने, ‘अब उहाँको सम्पूर्ण उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ, उपचारका लागि परिवारसँग समन्वय गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छु ।’

मन्त्री कार्कीका अनुसार इलामका प्रमुख जिल्ला अधिकारीले परिवारसँग सम्पर्क गरेकाले केही दिनभित्र स्वास्थ्य जाँच गरिने बताए । ‘प्रारम्भिक चरणमा इलाम वा बिर्तामोडमा स्वास्थ्य जाँच हुन्छ,’ उनले भने, ‘रिपोर्ट कस्तो आउँछ हेर्छौं, थप उपचार गर्नुपरे खर्च सरकारले व्योहोर्छ ।’

क्षतिपूर्ति दिलाउन पहल गर्ने

मन्त्री कार्कीले भारतबाट दुर्गाप्रसादका लागि क्षतिपूर्ति दिलाउनका लागि आफ्नो पक्षबाट सक्दो प्रयास गर्ने बताए । कोलकाताको उच्च अदालतले दुर्गाप्रसादको मुद्दामा फैसला गर्दै क्षतिपूर्ति दिन सरकारका नाममा आदेश दिएको छ । प्रदेशको कानुनमन्त्री पनि भएकाले आफूले पहल गर्ने कार्कीले बताए ।

‘विना कारण आरोपकै भरमा ४० वर्ष जे’ल बस्नुपर्ने कानुन कहीं पनि छैन,’ उनले भने, ‘भारत सरकारले दुर्गाप्रसादलाई क्षतिपूर्ति दिनुपर्छ, त्यसका लागि यहाँबाट गर्नुपर्ने पहल गर्छु ।’

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…