एमालेमा पार्टी प्रवेश गर्नेको लर्को, उद्योगपति राजेशकुमार अग्रवाल पनि गरे एमालेमा प्रवेश

काठमाडौं  । उद्योगपति राजेशकुमार अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार (आज) आयेजित एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले स्वागत पश्चात पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गरेका छन् । भैरहवा निवासी ४९ वर्षीय अग्रवाल अर्गाखाँची सिमेन्ट र श्री स्टिल प्रालीको महाप्रबन्धक समेत रहेका छन् । लामो समयदेखि उद्योग व्यवसायीको हितमा कार्यरत उनी हाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि रहेका छन् ।

आफू यसअघि कुनै राजनीतिक दलसँग आबद्ध नभएका उनी प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विकास र समृद्धिका लागि मुलुकलाई नेतृत्व दिइरहेकाले पार्टी प्रवेश गरेको बताए । ‘प्रधानमन्त्रीको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ, भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ’, उनले भने ।

समस्या तल्ला कमिटीमा, परिणाम नेतृत्वमा

वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पटीकरण पत्र पठाएको भोलिपल्ट नेकपा एमालेको नेपाल समूहले विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा समानान्तर संरचना बनाएको छ ।

अखिल नेपाल महिला संघ र युवा संघ नेपालपछि अनेरास्ववियुमा पनि समानान्तर नेतृत्व चयन गरेको हो । ६ चैतमा महिला र ७ चैतमा युवाको नेतृत्व चयन भएको थियो ।

अन्य जनसंगठनमा पनि नेतृत्व चयन गर्ने तयारी गरेको छ । ४–५ चैतमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलापछि यो समूहले जनसंगठन मात्रै नभएर भूगोलमा पनि समानान्तर कमिटी निर्माणको गृहकार्य गरिरहेको छ ।

दुई हप्ताभित्र प्रदेश र जिल्ला संरचना तयार भइसक्ने गरी गृहकार्य भइरहेको नेपाल निकट स्रोतले जनाएको छ । ‘दुई हप्ताभित्र प्रदेश र जिल्ला संरचना बनिसक्छ, केही प्रदेशको त टुंगो नै लागिसक्यो’, स्रोत भन्छ ।

विद्यार्थीहरुको भेलामा उपस्थित वरिष्ठ नेता नेपालले पनि अब जनवर्गीय संगठनसँगै जिल्ला जिल्लामा भेला गर्ने बताएका छन् । उनले अघि भने, ‘त्यसपछि जिल्लाजिल्लामा तरंग पैदा गर्नेछौं । नेकपा एमालेलाई बलियो बनाउन संगठन प्रत्येक जिल्लामा संगठन निर्माण र सुदृढिकरण अभियान चलाउने छौं ।’

‘केपी कमरेड माधव नेपालहरुसँग कुनै हालतमा सम्झौता नगर्ने पक्षमा उभिनुभयो, उहाँलाई सम्झाउन सक्ने नेताहरु कोही पनि हुनु भएन’ ओली निकटकै एक नेता भन्छन्, ‘ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवालीहरुले बुझाउने क्षमता राख्नुभएन ।’
तर, समानान्तर नभएर एमाले पुनर्संरचना गरिएको नेपाल समूहका नेताहरुले बताउने गरेका छन् । ‘हामीले नयाँ कमिटी बनाएका होइनौं, २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना मान्ने भनेका छौं’, नेपाल निकट केन्द्रीय सदस्य जगनाथ खतिवडा भन्छन् ।

उनी समानान्तर कमिटी बनेको अस्वीकार गर्दैनन् । ‘निर्वाचित नेताहरुलाई फरक खेमामा उभिएकै कारण ठाउँ दिइएको छैन भने त्यस्तो अवस्थामा हाम्रो तर्फबाट अर्को कमिटी बनेको छ’, खतिवडा भन्छन् । यो समूहले कार्यकर्ता भेला गरेरै जनसंगठन, प्रदेश र जिल्ला नेतृत्वबारे समानान्तर नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।

एमाले विभाजन गरेर अर्को पार्टी नबनाउने, तर अन्तरसंघर्ष गर्ने यो समूहको नीति अन्तर्गत भइरहेका गतिविधिले एक पार्टी, दुई संगठन बन्ने क्रम तीब्र छ । तर, यो समूहले केन्द्रीय नेतृत्व र संगठनबारे कुनै निर्णय लिएको छैन ।

जबकी, अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय नेतृत्वमाथि प्रहार गरिरहेका छन् । सोमबार मात्रै नेपालसहित चार नेतालाई तीन दिने म्याद तोकेर स्पष्टीकरण पत्र पठाएको छ । नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पठाइएको पत्रबारे चित्तबुझ्दो जवाफ नआए कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले स्पष्टीकरण सोध्ने, जिम्मेवारीबाट हटाउनेदेखि महाधिवेशनको तयारी पनि अगाडि बढाउने निर्णय लिइसकेका छन् । यो समूहको प्रष्ट संकेत छ– ओलीलाई साथ दिने माओवादी तर्फका नेताहरुलाई रोजेको भूमिका दिन सकिन्छ, तर नेपाल समूहका नेताहरुलाई सजिलै ठाउँ दिइन्न ।’

तर, नेपाल समूहले भने माथिल्लो नेतृत्व नै तयार पारेर अलग संगठन बनाउने भन्दा पनि मातहतका कमिटी र जनसंगठनको गतिविधिमा जोड दिएको छ । बालुवाटार निकट स्रोतका अनुसार, नेपाल समूहको निर्णय स्वभाविक छ । किनभने, नेपाल समूहको नेतृत्वमा नभएर तल्ला कमिटी माथि ठूलो प्रहार गरिएको छ ।

‘सार्वजनिक नहोला, तर ७ चैतको निर्णयले माधव नेपालतिर लाग्ने मातहतका कमिटीको अस्तित्व स्वीकार गरिएको छैन’, ओली निकट एक नेता भन्छन् ।

उनका अनुसार, बैठकले ५ पुसयता बनेको जिल्ला, प्रदेश र जनसंगठनलाई नै मान्यता दिने निर्णय भएको छ । त्यो भनेको माधव नेपालतर्फ लागेका कोही पनि कुनै कमिटीको नेतृत्वमा मात्रै नभएर संगठन संरचनामा समेत छैनन् ।

यो निर्णय थाहा पाएरै नेपाल समूहले मातहत र जनसंगठनमा समानान्तर कमिटी विस्तारमा जोड दिइरहेको छ । नेता राजेन्द्र राई, कुनै समूहले भन्दैमा विधिपूर्वक निर्वाचित कमिटी र नेतृत्व हटाउन नसक्ने दावी गर्छन् । ‘पार्टीभित्र अन्तरविरोध हुन्छन्, बहुमतले निर्णय लिन पनि सक्छन् । तर, पार्टी एकताबद्ध बनाउन विधि र प्रणालीको पालना गरिनुपर्छ’, राई भन्छन् ।

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…