किन पृथ्वीको एक भाग तीव्र गतिले चिसो भइरहेको छ ? विस्तारै पृथ्वी मङ्गल ग्रहजस्तो बन्ने अनुमान

अर्बौं जीवको वासस्थान रहेको पृथ्वीको एक भाग अर्को भागको तुलनामा अत्यन्त छिटो चिसो भइरहेको तथ्य पत्ता लागेको छ । नर्वेस्थित ओस्लो विश्वविद्यालयले हालै गरेको एक शोधमा अफ्रिकी भूभागको तुलनामा प्रशान्त महासागरको भूभाग छिटो चिसो हुँदै गइरहेको थाहा हुन आएको छ । यस अनुसन्धानमा ४० करोड वर्षसम्मको मोडल र डाटालाई कम्प्युटरका माध्यमले अवलोकन गरिएको थियो ।

उक्त मोडल र डाटाको आधारमा कुन गोलार्द्ध महाद्विपीय पिण्डभन्दा कति अलग थियो भन्ने गणना गरिएको थियो ।

यो शोध हालै ‘जिओफिजिकल रिसर्च लेटर्स’ (Geophysical Research Letters) मा प्रकाशित छ । वास्तवमा पृथ्वीभित्र एक प्रकारको रातो र तातो लेदो (रेड हट लिक्विड) पदार्थ हुन्छ । यसले सम्पूर्ण ग्रहलाई भित्रबाट तातो बनाएर राख्ने काम गर्छ ।

यो तातो लेदो घुमिरहन्छ, जसले गर्दा गुरुत्वाकर्षण तथा पृथ्वीको ‘म्याग्नेटिक फिल्ड’ बन्ने गर्छ । गुरुत्वाकर्षण र ‘म्याग्नेटिक फिल्ड’का कारण जीवन प्रदायक वातावरण पृथ्वीको सतहमा बाँधिएर रहन्छ । यसको अभावमा पृथ्वीको सतहमा वातावरण रहन सक्दैन ।

वैज्ञानिकहरुको के अनुमान छ भने यो तातो लेदो धेरै लामो समयसम्म रहिरहन्छ र सेलाउँदै गएपछि विस्तारै पृथ्वी मङ्गल ग्रहजस्तो बन्नेछ । मङ्गल ग्रहको सतहमा पृथ्वीजस्तो वातावरणको पूर्ण अभाव छ ।

वैज्ञानिकहरुले कुनै उपायबाट मङ्गल ग्रहमा अक्सिजन निर्माण गर्ने हो भने पनि सबैभन्दा ठूलो समस्या के रहेको छ भने यसरी निर्माण गरिएको अक्सिजन मङ्गल ग्रहको सतहमा बाँधिएर रहँदैन र यो सबै अक्सिजन अन्तरिक्षमा पुग्छ ।

शोधमा समुद्री सतहको तुलनामा जमिनले धेरै तापक्रम रोक्ने गरेको थाहा हुन आएको छ । शोधबाट करोडौँ वर्ष पहिला कुनै समयमा प्रशान्त महासागरको भाग अहिलेको तुलनामा धेरै तातो थियो भन्ने पनि जानकारी प्राप्त भएको छ ।

भर्खरै प्रकाशित

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…