२९ लाख डलरमा बिक्री भयो विश्वकै पहिलो ट्वीट

बीबीसी । ट्वीटरका संस्थापक ज्याक डोर्सीले गरेको विश्वकै पहिलो ट्वीट २९ लाख डलरमा बिक्री भएको छ । मलेसियामा आधारित ब्रिज ओरेकल प्राविधिक कम्पनीका प्रमुखले उनको सो ट्वीट खरिद गरेका हुन् ।

‘जस्ट सेटिङ अप माइ ट्वीटर’ भनेर लेखिएको सो ट्वीट सन् २००६ मार्च २१ तारिखमा पोस्ट गरिएको दुनियाँकै पहिलो ट्वीट थियो । डोर्सीले त्यसलाई एक च्यारिटीका लागि भनेर लिलामीमा राखेका थिए । मलेसियाका खरिदकर्ता सिना एस्ताभीले यस बिक्रीलाई मोनालिसाको पेन्टिङ खरिद गरेकोसँग तुलना गरेका छन् ।

यो कारोबार बिटकोइनको प्रतिस्पर्धी अर्को डिजिटल क्रिप्टोकरेन्सी, ‘एथर’मार्फत गरिएको थियो । यो ट्वीटलाई ‘नन–फन्जिबल टोकन (एनएफटी) का रुपमा बिक्री गरिएको एस्ताभीले सोमबार बताए । एनएफटी भनेको एउटा विशेष किसिमको डिजिटल ‘सर्टिफिकेट’ हो, जसमा कुनै तस्बिर, भिडियो वा अनलाइन मिडियाका सामग्री कसको स्वामित्वमा छ भनेर आधिकारिक रुपमा उल्लेख गरिएको हुन्छ ।

प्रत्येक एनएफटीको आफ्नै विशेषता हुन्छ र संकलित सामग्रीको कुनै नक्कली स्वरुप बनाउन सकिँदैन जसले यसको डिजाइनलाई दुर्लभ बनाइदिन्छ ।

यस वर्ष एनएफटीको लोकप्रियता अत्यधिक वृद्धि भएको छ । धेरै डिजिटल कलाका कामहरु यसमार्फत बिक्री भएका छन् । डोर्सीले बिक्रीबाट प्राप्त रकम बिटकोइनमा परिणत गर्ने र त्यसपछि अफ्रिका रेस्पोन्स फन्डलाई सिधै दान गरिने बताएका छन् ।

खरिदकर्ता एस्ताभीले भने, “यो कुनै सामान्य ट्वीट होइन । मेरो विचारमा वर्षौँपछि मानिसहरुले यस ट्वीटको मूल्य बुझ्नेछन्, जुन मोनालिसाजस्तै हुनेछ ।”

डोर्सीको यो ट्वीट अनलाइनमार्फत लिलामी गरिएको थियो । लिलामीबाट प्राप्त रकमको ९५ प्रतिशत डोर्सीले पाउँछन् भने बाँकी ५ प्रतिशत यसलाई सञ्चालन गर्ने अमेरिकी कम्पनी सेन्टको प्लेटफर्म ‘भ्यालुएबल्स’ले लिनेछ । तर, लिलामी भइसके पनि सो ट्वीट सार्वजनिक रुपमा उपलब्ध हुनेछ । लिलामी सुरु भएको केही मिनेटमै यसको मूल्य ८८ हजार डलरभन्दा धेरै पुगिसकेको थियो ।

लिलामीपछि डोर्सीले डिजिटल रुपमा हस्ताक्षर गरी प्रमाणित गरेको सर्टिफिकेट एस्ताभीलाई प्रदान गर्नेछन् र ‘ओरिजिनल ट्वीटको मेटाडाटा’ पनि उनलाई दिइनेछ । सो डाटामा ट्वीट गरिएको समय र यसका ‘टेक्स्ट’ सामग्रीलगायत जानकारी समावेश हुनेछ । सामाजिक सञ्जालका विज्ञहरुको प्रक्षेपणअनुसार ट्वीटलगायत अन्य अनलाइन पोस्टहरुको यस्तो खरिद–बिक्री आगामी दिनहरुमा झन् बढी लोकप्रिय हुनेछ ।

प्राविधिक कन्सल्टेन्सी ‘फ्युचर्स इन्टेलिजेन्स ग्रुप’की संस्थापक क्याथी हेकल भन्छिन्, “हामी त्यो युगमा छौँ, जहाँ सेलिब्रेटी, संगीतकारलगायत प्रभावशाली व्यक्तिहरुका अत्यन्तै धेरै फ्यान छन् र उनीहरु सबै आफ्नो स्टारको कुनै हिस्सा पाउन चाहन्छन् । मान्छेहरुले भौगोलिक वस्तु किनेजसरी नै आफ्नो स्टारसँग नजिक महसुस गर्न तिनका ट्वीट, पोस्ट र स्न्यापहरु खरिद गर्नेछन् ।”

भर्खरै प्रकाशित

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…