सिङ्गाे गाउँनै एमाले त्यागेर माओवादी केन्द्रमा प्रवेश

डाेल्पा । डाेल्पाकाे मुड्केचुला गाउँपालिका वडा नम्वर ५ सुर गाउँका २३ जना पूर्व नेकपा एमाले पार्टीका नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।

शनिबार एक कार्यक्रमका बिच साेहि वडाका वडा कमिटी अध्यक्ष प्रेम वहादुर शाहीको अध्यक्षता, गाउपालिका पार्टी कमिटी सचिब कृति बुढाको प्रमुख अतिथ्य र गाउँपालिका अध्यक्ष दत्त वहादुर शाहीले पार्टीमा प्रवेश गराएका थिए ।

पूर्व नेकपा एमाले पार्टीका नेता इच्छ बहादुर शाही ,राम बहादुर शाही र बालकृष्ण शाहि लगाएत २३ जनाकाे सिँगाे गाउँनै माओवादी केन्द्रमा प्रबेश गरेकाे मुड्केचुला गाउँपालिका अध्यक्ष दत्त वहादुर शाहीले जानकारी दिनुभयाे ।

माओवादी केन्द्रबाटै गाउँपालिका अध्यक्ष जितेका शाहीले अव गाउँपालिकामा माओवादी केन्द्रकाे पकड बलियाे भएकाे दावी समेत गर्नुभयाे ।

वाईसीएलले १ लाख ६५ हजार थप सदस्यता वितरण गर्ने

नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले संगठनको राष्ट्रिय भेला गर्ने भएको छ। हालै सम्पन्न संगठनको केन्द्रीय समिति बैठकले जेठ २८-३० गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रीय समितिको संख्या १६१ सदस्य हुने तय गरेको छ। साथै तात्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सम्पन्न एकता सर्वोच्व अदालतको फैसलाले भंग गरेसँगै मातृ पार्टी पुरानै अवस्थामा फर्किएको अवस्थामा संगठनका विभिन्न समितिहरुमा पुनगर्ठन गरी सबै समितिहरुलाई भेला आयोजक समितिमा रुपान्तरण गर्ने निर्णयसमेत गरिएको छ।

बैठकले पुरानो सदस्यताको नविकरण गर्दै प्रत्येक प्रतिनिधिसभा निर्बाचन क्षेत्रमा १ हजारका दरले १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ। सदस्यता वितरण चैत्र महिनाभित्र गरिसक्ने निर्णय भएको छ।

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…