लडाकु व्यवस्थापन गर्दा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, अख्तियारले छानबिन गरोस : वर्षमान पुन

काठमाडौं, ९ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशोधको राजनीति गर्न नहुने टिप्पणी गरेका छन् । देश चलाउने व्यक्तिले प्रतिशोधको भावना लिए देश कहाँ पुग्छ ? भन्दै उनले उल्टै प्रश्न गरे । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

जनताको सेवा गर्दा नै जनता प्रधानमन्त्री ओलीको पछि पछि लाग्ने सुनाए । उनले भने-“उहाँले राम्रा काम गर्ने हो । राम्रा र असल काम गर्दा नै जनता उहाँको पछि लाग्छन् । यदि उहाँले भनेकै मान्छे खराब हो भने जनताले तिरस्कार गर्छ । किनारा लगाउँछ । अनि उनलाई केही गर्नै पर्दैन् नि ? अनि मान्छेलाई प्रहरी लाउँछु, राज्य लाउँछु, अख्तियार लाउँछु, अर्को लगाउँछु, भनेर त्यसरी चल्छ आधुनिक राज्य ?”

पत्रकार धमलाले तर तपाईँलाई त थाहा छ नि प्रचण्डमाथि अरबौंको आरोप लागेको छ भनेर सोधेको प्रश्नमा नेता पुनले तत्काल जवाफ फर्काए-“केही पनि लागेको छैन् । के आरोप छ ?” पत्रकार धमलाले फेरि सोधे-“मन्त्रीहरुले भनेका छन्, नेत्रविक्रम चन्दले पनि त्यत्रो पैसाहरु कहाँ गए ? प्रचण्डले कहाँ राख्नुभएको छ ?

लडाकुको पैसाहरुको कुरा उठाउनुभएको छ नि ?” जवाफमा पुनले भने-“कुन चाहीँ पैसा, लडाकुको कुन पैसा छ ? राज्यसँग प्रचण्डले कहाँ पैसा लिए ? ३२ हजार पहिले क्यान्टोनमेन्टमा थिए, भेरिफिकेशन हुँदा १९ हजार पुग्यो । अयोग्य लडाकुहरु, बहिगर्मित लडाकुहरु भित्र बस्नुभयो । उहाँहरुले महिनाको पहिला तीन हजार थियो, सायद पछि पाँच हजार पकेट खर्च पाउँथ्यो, ईण्डिभिज्वल सबैले बुझेको छ ।

कसरी त्यहाँ प्रचण्ड जोडिन्छ ? कुन चाहीँ लडाकुले आरोप लगाए । मै हुँ त प्रचण्डपछिको लडाकु हो । १९ अर्बको कुरा त, महेश बस्नेतहरुले माओवादीप्रतिको प्रतिशोध साँधेको हो । झण्डै सात आठ वर्ष भयो, किन अनुशन्धान नगरेको त ? फाईल कहीँ पनि छैन् । यो सबै गफ हो ।”

तर, टोपबहादुर रायमाझीले नै यो विषय उठाउनु भएको छ नि भन्ने अर्को प्रश्न गर्दा पूर्वमन्त्री पुनले भने-“टोपबहादुर रायमाझी कहाँ हुनुहुन्थ्यो त अहिलेसम्म ? त्यसो भए उहाँले लिएर खानुभएको होला नि, म एकद कुल माईण्ड लिएर के भन्छु भने सबै प्रचण्डमाथिको प्रतिशोध हो । एक पैसापनि माओवादी पार्टीले चलाएको छैन् ।

कसरी पार्टीले चलाउँछ ? सबै यो भ्रम छ नि । प्रचण्डमाथि अन्याय भएको छ ।” उनले यो विषयमा अख्तियारले छानबिन गरोस भन्ने माग पनि गरे । अहिलेसम्म किन छानबिन नगरेको भन्दै उनले आफूहरु तयार रहेको पनि उनले टिप्पणी गरे ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…