बिरेनुन नियमित सेवन गर्दा हुँदो रहेछ स्वास्थ्यका लागि फाइदै फाइदा

काठमाडौं । हामीले प्रायः खाने समुद्री नुनमा प्रदूषित पदार्थ हुन्छ । त्यसैले, यसलाई प्रशोधन गरिन्छ । प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकार पदार्थ रहन्छन् । जसले शरीरमा समस्या सिर्जना गर्छ ।

यसको सट्टा प्राकृतिक बिरेनुन प्रयोग गर्दा राम्रो हुन्छ । उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरेर बिरेनुन तयार पारिएको हुन्छ । यसले विभिन्न स्वास्थ्य समस्यालाई नियन्त्रण गर्नेसमेत काम गर्छ ।

औषधीय गुण- बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्ने काम गर्छ । यसमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई पनि लाभदायक हुन्छ ।- बिरेनुनले पेटमा भएका विषाक्त तत्वलाई बाहिर निकाल्ने काम गर्छ । जसले गर्दा ग्यास्ट्रिक, कब्जियत, अम्लीयपनलगायत समस्याबाट छुट्कारा मिल्छ । यसरी बिरेनुनले पेटलाई स्वस्थ र सशक्त राख्ने काम गर्छ । खाना पचाउनमा यसको महत्वपूर्ण भूमिका हुन्छ ।

बिरेनुनमा प्रशस्त मात्रामा सल्फर, आइरनलगायत शरीरलाई आवश्यक खनिज तत्व हुन्छन् । जसका कारण मोटोपना, खराब कोलस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ । त्यस्तै, यसको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, रक्तअल्पता (एनिमिया), रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रण गर्नमा भूमिका खेल्छ ।- यसले धातुबाट हुने असरबाटसमेत बचाउँछ । त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ ।

यसको सेवनले कुष्ठरोग, दाद वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ । बिरेनुनलाई जुनसुकै तरिकाले पनि प्रयोग गर्न सकिन्छ । प्राकृतिक बिरेनुनले खानालाई सुरक्षित राख्ने काम गर्छ । यसलाई टेबुल साल्टका रूपमा वा साँध्ने खालका खानामा सोझै प्रयोग गर्न सकिन्छ । यसलाई पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।

त्यस्तै, मनतातो पानीमा प्राकृतिक बिरेनुनको मिश्रण गरी नुहाएमा शरीरमा लाभ मिल्छ । – दाँत, गिजा, जिब्रो, घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा बिरेनुनको मिश्रण गरी सफा गर्न सकिन्छ ।

यसले दाँतलाई चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट पनि मुक्त हुन सहज हुन्छ ।- दिसा पातलो हुने समस्या भएमा प्याजलाई मसिनो गरी काटेर बिरेनुन र कागतीको रस एक चम्चा मिसाई प्रयोग गर्दा तत्कालै राहत महसुस हुन्छ ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…