‘फुलबुट्टे सारी’ गाएपछि युगान्डाकी गायिकालाई भेट्ने मदनकृष्णको चाहना

लकडाउनपछि नेपाली सांगीतिक क्षेत्रमा कुनै गीतले धुम मच्चायो भने त्यो हो, ‘फुलबुट्टे सारी’ । यो गीतलाई हालसम्म ४ करोड भन्दा बढीले हेरिसकेका छन् । यो गीतले विश्वभरका नेपालीहरुलाई मन्त्रमुग्ध बनायो ।

तर, यो गीतले नेपालीहरुलाई मात्र होइन, विदेशीहरुलाई पनि आकर्षित गरेको पाइएको छ । युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले यो गीतको कभर गाएकी छिन् । युटुबमा उनको स्वरलाई २ लाख पटक सुनिएको छ । टिकटकमा पनि उनको स्वर भाइरल भैरहेको छ ।

वियोन्सले भिडियोको सुरुवातमा विश्वका सबै सुन्दर मान्छेहरुका लागि गीत समर्पित गरेको उल्लेख गर्दै अझ विशेष रुपमा नेपालीका लागि गीत गाएको उल्लेख गरेकी छिन् । उनले नेपालीलाई ‘आई लभ यू’ समेत भनेकी छिन् ।

यो गीत गाउने क्रममा वियोन्सले लयमा विशेष ध्यान दिएकी छिन् । यो गीतको भिडियोको छायांकन भने नेपालमा नै गरिएको हो । डिका गुरुङले निर्देशन गरेको भिडियोमा वियोन्सले नै अभिनय गरेकी छिन् । वियोन्सको स्वरमा ‘फुलबुट्टे सारी’ सुनेपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेटेर नै धन्यवाद दिने चाहना व्यक्त गरेका छन् ।

सामाजिक संजालमा उनले लेखेका छन्–‘यी युगाण्डाकी गायिकाले सपक्क फुलबुट्टे लूगा नै लगाइवरी कभर गीतको रुपमा गायकी कति राम्रो कति मिठो । सुहाएको पनि उस्तै….आम्ममामा….बाब्बाबाबा…ओहोहोहो..।’

यो गीतको ४ वटा भर्सन सार्वजनिक भयो । जसमा लिजेन्ड भर्सनमा मदनकृष्णले स्वर दिएका थिए ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…