गाडी चलाउँदा गर्नै नहुने ७ गल्ती, जसले निम्त्याउँछ सक्छ तपाईको आर्थिक क्षति

गाडी चलाउन जानेको तथा वर्षौदेखि सवारी चलाइरहेका मान्छेहरूले पनि सवारी चलाउँदा केही न कही गल्ती गरिरहेको भेटिन्छ । गाडी चलाउने गलत तरिकाले गाडीको आयुकासाथै सञ्चालन खर्चमा पनि बृद्धि ल्याइरहेको हुन्छ ।

चालकले जानेर वा नजानेर यस्ता गल्तीहरू गरिरहेका हुन्छन् । यहाँ हामी त्यस्ता गाडी चलाउँदा गरिने गल्तीहरूकाबारेमा चर्चा गरिरहेका छौँ, जुन तपाईंहरूले तुरुन्त सुधार गर्न जरुरी हुन्छ ।

गियर लिभरमा हात राख्ने कार्य

प्रायःजसो चालकहरूले गाडी चलाउँदा एउटा हात स्टेरिङ्ग र एउटा हात गियरमा राख्दै चलाएको देखिन्छ । झट्ट हेर्दा त यस्तो बानी खासै केही खराबजस्तो लाग्दैन । तर, गियर लिभरमा निरन्तर हात राखेर चलाउँदा यसले गियर बक्सलाई नोक्सानी पुर्याइरहेको हुन्छ ।

गियर लिभर सिफ्टिङ्ग रेल्सको माथि रहेको हुन्छ । सिफ्टिङ्ग रेल्ससँगै रहेने सिफ्टिङ्ग फर्क गियर ट्रान्समिसनका लागि सधैँ तयार हुन्छ । यसरी गियर लिभरमा हात राखिरहँदा सिफ्टिङ्ग रेल्स सधैँ थिचिइरहेको हुन्छ । त्यही कारण सिफ्टिङ्ग फर्क सिक्रोनाइजमाथि दबाव दिइरहेको हुन्छ । फलस्वरुप त्यहाँ फ्रिक्सन उत्पन्न हुन्छ र गियरका दाँतीहरू चाँडै घस्रने हुन्छ ।

यी बिग्रिएका दाँतीहरूका कारण गियर फुस्कन थाल्छ । त्यसकारण गियर लिभरमा हात राखेर चलाइरहनु हुँदैन । गियर परिवर्तन गर्दामात्र सो लिभरलाई चलाउने हो । दुवै हात स्टेरिङ्गमा राखेर चलाउने बानी सबभन्दा राम्रो हो ।

गाडी रोक्ने बित्तिकै इन्जिन बन्द गर्ने

प्रायः हामी हतारमा हुन्छौँ र आफ्नो गन्तब्यमा पुग्नेबित्तिकै गाडीको इन्जिन अफ गरिहाल्ने गरेका छौँ । आजकल गाडीहरूमा पावर–बुस्ट गर्नका लागि टर्बो चार्जर प्रयोग गरिएको हुन्छ । टर्बो चार्जर गाडीको इन्जिनभन्दा धेरै बढी आरपीएममा चलिरहेको हुन्छ । जसका कारण यसको तापक्रम ज्यादै धेरै हुन्छ । यस्तो अवस्थामा गाडी रोक्नेबित्तिकै इन्जिन अफ गरेमा टर्बो खराब हुनसक्छ । साथै, टर्बोले जति काम गर्नुपर्ने हो, त्यो पनि कम हुनसक्छ । त्यसकारण गाडी रोकेको १५ देखि ३० सेकेन्डसम्म स्टार्टमै राख्नु राम्रो हुन्छ । तर, यो कार्य सधैँ गर्न जरुरी छैन । लोमो हाई–वेमा यात्रा गरेर आउँदा वा धेरै स्पीडमा गाडी चलाएर आउँदामात्र यस्तो गर्न जरुरी हुन्छ ।

गियर परिवर्तन नगर्ने बानी

धेरैजसो चालकहरू आफ्नो गाडीको अगाडि स्पीड–ब्रेकर आउँदा वा खाल्डोहरू आउँदा स्पीड कम गर्छन् । तर, ब्रेकर पार भएपछि पनि सोही गियरमा एक्सलरेट गर्ने कोशिस गर्छन् । यस्तो कार्य गर्नु गलत हो । यस्तो गर्दा गाडीको इन्जिनलाई पहिलाकै स्पीडमा पुग्न धेरै दबाव पर्छ । फलतः सिलिण्डर हेड, गियर–बक्स वा क्लच–ड्यामेज हुनसक्छ । त्यसकारण जहिले पनि कम स्पीडमा एक्सलरेट गर्नलाग्दा गियर सधैँ डाउन गर्नुपर्छ ।

वास्तवमा प्रत्येक गियरको मिनिमम् तथा म्याक्सिमम–स्पीड लिमिट हुने गर्छ । यदि कम गियरमा धेरै स्पीड तथा ठूलो गियरमा कम स्पीडमा गाडी चलाइयो भने अन्जानमै गाडीको इन्जिनलाई नोक्सानी पुर्याइरहेको हुन्छ । अझ कति मानिस त पुनः स्पीड समात्न हाफ–क्लचको प्रयोग गर्छन् । यो कार्य झन् अगाडिकोभन्दा पनि गलत हो ।

 क्लच वा ब्रेक पेडलमा खुट्टा राख्ने बानी

कतिजनाको क्लच वा ब्रेक–पेडललाई फूट–रेस्ट मानेर लगातार खुट्टा रेस्ट गराइरहे बानी हुन्छ । यसो गर्नु गलत कार्य हो । क्लच वा ब्रेक–पेडलमाथि लगातार खुट्टा राखेमा तपाईंको गाडीमा रहेको क्लच वा ब्रेक प्याड चाँडै खिईने हुन्छ । जसले गर्दा क्लच वा ब्रेक–पेडलको लाइफ घट्न गई छिटो–छिटो बदल्नुपर्ने हुनसक्छ ।

कतिपय गाडीमा क्लचसँगै फूट–रेष्ट रहेको हुन्छ अथवा फूट–रेष्ट नभए तापनि तल फ्लोर–म्याटमा खुट्टा राख्नुपर्छ । त्यस्तै, कहिलेकाहिँ ट्राफिकमा अथवा कोहीसँग रोकेर कुरा गरिरहँदा गियरमै गाडी राखेर क्लच थिचेर बसेमा पनि क्लच र इन्जिनलाई लोड परिरहेको हुन्छ ।

त्यसैले केही समय रोक्नै परेमा गियरलाई न्यूटलमा राखेर क्लच–प्याड रिलिज गर्नु उत्तम हुन्छ ।

आरालोमा लगातार ब्रेक–थिचिरहनु

प्रायः चालकहरूले लामो ओरालोमा गाडी चलाउँदा ब्रेकलाई लगातार थिचिरहेका हुन्छन् । अझ कोहीको त इन्धन जोगाउने चक्करमा स्टार्ट नै बन्द गर्ने अथवा न्यूटलमा गाडी चलाउने बानी रहेको हुन्छ । यसो गर्नु गलत कार्य हो ।

लगातार ब्रेक थिचिरहँदा ब्रेक–प्याड छिट्टै खिइन्छ । त्यस्तै, इन्जिन अफ गरेर चलाएमा पावर–स्टेरिङ्ग सारो हुने तथा ब्रेक भनेको ठाउँमा नलाग्ने हुन्छ । अझ अन्य सेफ्टी–फिचरहरू एबीएस, ईबीडी तथा एयर–व्यागले समेत काम गर्दैन । यस्तो अवस्थामा गाडीलाई गुडाउनुपर्दा लोयर–गियर १ वा २ नम्बरमा राखेर चलाउनुपर्छ, जसले गर्दा स्पीड–कन्ट्रोलमा रहन्छ र सबै फिचरहरूले राम्रोसँग काम गर्छ ।

उकालोमा हाफ–क्लचमा गाडी रोक्नु वा उठाउनु

यदि गाडी उकालोमा चढिरहेको अवस्थामा रोकी राख्नुपरेमा केही मानिसको हाफ–क्लचमा राखेर एक्सिलेटर पनि थिचिरहने बानी हुन्छ, त्यसो गर्नु गलत कार्य हो । यसो गर्दा इन्धन बढी खर्च हुन्छ भने क्लच–प्लेट पनि खिइन्छ ।

उकालोमा गाडी उठाउँदा पनि हाफ–क्लच लिएर उठाउने कार्य गलत हो । उकालोमा गाडी रोक्नुपर्दा सबभन्दा पहिले फूट–ब्रेक थिच्नुपर्छ, अनि ह्यान्ड–ब्रेक लगाउनुुपर्छ । ह्याण्ड–ब्रेक लगाएपछि गाडीको गियर न्यूटलमा राख्नुपर्छ, यसो गर्दा गाडी रोकिन्छ र पछाडि पनि सर्दैन ।

त्यसपछि गाडी गुडाउनुपर्दा १ नम्बर गियर लगाउने अनि एक्सिलेटर थिच्दै जाने र क्लच विस्तार छोड्दै गर्नुपर्छ । एउटा पोइन्टमा पुगेपछि गाडी हल्लिन थाल्छ, सोही समयमा ह्यान्ड–ब्रेक रिलिज गर्नुपर्छ र गाडी अगाडि बढ्छ ।

सुरुमा क्लच, एक्सिलेटर र ह्यान्ड–ब्रेक तिनैथरि मिलाएर कार्य गर्न गाह्रो हुन्छ, तर यसो गर्नु प्राक्टिस गर्दै गएपछि बानी लाग्नेछ । कहिले पनि दोस्रो वा तेस्रो गियरमा गाडी उठाउनु हुँदैन ।

अटोमेटिक गाडीलाई पार्किङ्ग मोडमा छाड्नु

यदि तपाईं अटोमेटिक गाडी चलाउनुहुन्छ भने गाडी रोकेर छाड्दा ‘पी‘ मोडमा मात्र राखेर छाड्नु गलत कार्य हो ।

‘पी‘ मोडमा गाडी पार्किङ्ग गरिरहँदा पूरै प्रेशर गाडीको ट्रान्समिसनमा पर्छ । ट्रान्समिसनमा पनि हाम्रो कान्छी औँला बराबरको एउटा पिन हुन्छ, जसलाई ‘पार्किङ्ग पाउल’ भनिन्छ । ‘पी’ मोडमा मात्र गाडी पार्क गरेर छोड्दा गाडीको पूरै प्रेशर सोही पार्किङ्ग पाउलमा पर्छ, जसले गर्दा सो पिन ड्यामेज हुन पनि सक्छ ।

त्यसकारण अटोमेटिक गाडीलाई लामो समय पार्क गर्नु पर्दा ह्यान्ड–ब्रेक पनि अनिवार्य लगाउनुपर्छ । त्यस्तै, गाडी पूरा नरोकिकन रिभर्स गियर लगाउने वा रिभर्स गर्दा गाडी नरोकीकन फ्रन्ट–गियर लगाउने कार्यसमेत गर्नु हँुदैन । साभार : मेरोअटोबाट 

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…