भारतबाट आएकाहरूमा कोरोना संक्रमण देखिन थाल्यो, नेपालमा गम्भीर लापरवाही

काठमाडौँ। छिमेकी मुलुक भारतमा दोस्रो चरणको संक्रमण फैलिएपछि नेपालमा पनि जोखिम बढेको सरोकारवालाहरूले औँल्याएका छन् । आइतबार भारतबाट नेपाल आएका व्यक्तिमा कोरोनासंक्रमण पुष्टि भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा. कृष्ण पौडेलका अनुसार पश्चिम नाकाबाट नेपाल प्रवेश गरेका एक नेपालीमा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

भारतमा कोरोना संक्रमण दर बढे पनि नेपालले खासै तयारी नगरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीको भनाइ छ । जोखिम रोक्न सीमानाकामा अपनाउनुपर्ने प्रभावकारी संयन्त्र र मुलुकभित्रै अपनाउनुपर्ने जनस्वास्थ्य मापदण्डमा लापरवाही भइरहेको देखिएको उनले बताए ।

‘बसभित्र मास्कको प्रयोग भएको देखिँदैन, सडकमा पनि मानिस खुलेआम हिँडेको देखिन्छ,’ उनले चिन्ता प्रकट गरे, ‘अन्तर्राष्ट्रिय विमानस्थलमा समेत लापरवाही छ । जोखिममा रहेका देशबाट आएका पर्यटकलाई समेत होटल क्वारेन्टिनमा नराखी सीधै समुदायमा जान दिएको पाइएको छ ।’

भारतमा दोस्रो चरणको कोरोना फैलिएको र कतिपय राज्यमा लकडाउनसमेत भइसकेको छ । त्यहाँ कार्यरत नेपाली घर आउँदा संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । याे खबर आजको नागरिक दैनिकमा छ ।

भर्खरै प्रकाशित

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…