ढिलो उमेरमा बच्चा जन्माउँदा ‘डाउन सिन्ड्रोम’ भएका बालबालिका जन्मने खतरा

काठमाडौं । ढिलो उमेरमा बच्चा जन्माउनाले नेपालमा डाउन सिन्ड्रोम भएका बालवालिका जन्मने संख्या वृद्धि भएको चिकित्सकहरुले जनाएका छन् ।

विश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा आइतबार काठमाडौंमा भएको कार्यक्रममा उनीहरुले ३५ बर्ष उमेर माथिका महिलाबाट जन्मने शिशु् र बंशाणुगत कारणले गर्दा यो समस्या बढ्दै गएको बताए ।

वंशाणुरोग विशेषज्ञ डा. निलम ठाकुरले डाउन सिन्ड्रोम भएका प्रत्येक बालबालिकामा फरक –फरक किसिमको समस्या देखिने जानकारी दिनुभयो ।

पछिल्लो समय ३० बर्षभन्दा कम उमेरमा नै बच्चा जन्माउने महिलामा समेत यो समस्या देखिने गरेको भन्दै उहाँले गर्भवति अवस्थामा डाउन सिन्ड्रोम भए नभएको परीक्षण गराउन सकिने बताउनुभयो ।

डाक्टर ठाकुरले वीर अस्पतालमा प्रत्येक बर्ष झन्डै ३८ जना डाउन सिन्ड्रोम भएका बालबालिका उपचारका लागि आउने गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा हेमाटोलोजिष्ट डा. निरज सिंहले डाउन सिन्ड्रोम भएका बालबालिकाको शारीरिक र मानसिक विकास राम्रोसँग नहुने भन्दै गर्भवती महिलाले नियमित रुपमा गर्भ परीक्षण गराउनु पर्ने सुझाव दिनुभयो । नेपालमा गर्भवती अवस्थामै गर्भमा रहेको शिशुमा डाउन सिन्ड्रोम भएको थाहा भए गर्भपतन गराउन मिल्ने कानुन समेत रहेको छ ।

के होडाउन सिन्ड्रोम  ?

डाउन सिन्ड्रोम रोग होइन। यो एक जन्मजात अवस्था हो। बच्चा गर्भमा हुँदा नै यसको विकास भइसकेको हुन्छ। सामान्य शरीरमा ४६ वटा क्रोमोजोम २३ जोडीमा मिलेर कोषमा रहेका हुन्छन्। तर डाउन सिन्ड्रोम अवस्थामा ४७ वटा क्रोमोजोम रहेका हुन्छन्। यो एउटा बढी क्रोमोजोम २१औं जोडीका रुपमा देखिने भएकोले यसलाई ट्राइसोमी २१ पनि भनिन्छ। यो अवस्था छोरा र छोरी दुवैमा बराबर हुने सम्भावना रहन्छ।

क्रोमोजोमको संख्याले बौद्धिक अपांगताको अवस्था सिर्जना हुन्छ र यसैको कारणबाट बालबालिकाको शरीरिक तथा बौद्धिक अवस्थामा भिन्नता देखापर्छ। यो सिन्ड्रोमका मानिसलाई अरुमा भन्दा स्वास्थ्य समस्या केही बढी देखिन्छ। यो अवस्थाका बालबालिकामा केहीमा सामान्य समस्या मात्र हुन्छ।

भविष्यमा उनीहरु अरु जस्तै सामान्य जीवन नै जिउन सक्छन्। केहीमा समस्या अलि बढी पनि हुनसक्छ। उनीहरुलाई बढी हेरचाहको आवश्यकता पर्दछ। यसमा सिन्ड्रोमको अवस्था अनुसार माइल्डदेखि सिभिरसम्मको असर देखिन्छ।

डाउन सिन्ड्रोमको अवस्थामा मानव शरीरको प्रत्येक कोषमा अन्य साधारण अवस्थामा भन्दा एउटा बढी क्रोमोजोम हुने गर्दछ। साधारण अर्थमा भन्नुपर्दा मानव शरीरमा शरीरको प्रत्येक कोषमा अन्य साधारण अवस्थाका व्यक्तिमा हुनेभन्दा एउटा क्रोमोजोम बढी हुने अवस्था हो डाउन सिन्ड्रोम। एक्स्ट्रा क्रोमोजम लिएर जन्मने भएकाले उनीहरुलाई जन्मेपछि अरु भन्दा एक्स्ट्रा हेरचाह नै गर्नुपर्ने हुन्छ।

गर्भमा भएको शिशुमा ‘डाउन सिन्ड्रोम’ छ की छैन, कसरी थाहा पाउने?

बच्चा जन्मनु अगावै विभिन्न परीक्षणबाट गर्भमा रहेको बच्चाको अवस्था डाउन सिन्ड्रोम हो वा होइन भनेर जाँच गर्न सकिन्छ। अल्ट्रासाउन्डमा यो अवस्थाका बारेमा संका लागेमा रगत तथा सालनालको केही तन्नु निकालेर परीक्षण गर्न सकिन्छ। रगतमा आमाको हर्मोनहरुको अवस्था हेरेर सम्भावनाका बारेमा जानकारी लिन सकिन्छ।

ठ्याक्कै हो भनेर ग्यारेन्टी नै गर्न नसके पनि धेरै हदसम्म हो भनेर संका गर्न सकिन्छ। अल्ट्रासाउन्डमा घाँटीको मोटाइ बढी देखिएको संका लागेपछि अन्य परीक्षण गरिन्छ। गर्भ १६ देखि २० हप्तामा रहेको समयमा एमिनियोसेन्टेसिस परीक्षण गर्न सकिन्छ। यस्तै यही समयमा क्रोरियोनिक भीलस स्याम्पल परीक्षण पनि गर्न सकिन्छ। १८ हप्तापछि परक्युटानियस ब्लड परिक्षण पनि गर्न सकिन्छ।

के डाउन सिन्ड्रोम निको हुन्छ ?

डाउन सिन्ड्रोम भनेको रोग होइन र यो कसैलाई सर्दैन। यो प्रकृतिक अपरिवर्तनीय अवस्था हो। जुन जन्मजात बच्चासँगै आएको हुन्छ। यस विषयमा अन्तर्राष्ट्रिय स्तरमा अनुसन्धान जारी नै छ तर अझैसम्म पनि यसलाई निको पार्ने तरिका पत्ता लागिसकेको छैन। तर बच्चालाई विभिन्न थेरापीबाट उनीहरुको जीवनशैलीमा सुधार ल्याउन सकिन्छ।

शारीरिक र बौद्धिक विकासमा सहयोग पुग्ने खालका थेरापी तथा कार्यक्रमहरु मार्फत उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। जीवनशैलीमा सुधार ल्याएर केही व्याक्तिले नेपालका विभिन्न स्थानमा जागिर खाइरहेका समेत हामीले देखेका छौं।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…