दुर्गाप्रसादकी आमा भन्छिन्, मलाई लागेको थियो छोरा ‘जेल’ भन्ने ठाउँमा काम गर्छ

इलाम । इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना (दीपक) जन्मघर आइपुग्दा परिवारमा खुसी छाएको छ । विना सुनुवाइ ४० वर्षसम्म जेलमा कैदी जीवन बिताउनुभएका उहाँसँग आइतबार पारिवारिक मिलन हुँदा सबैमा खुसी छाएको हो ।

विश्व सेवा विस्तार संस्था काँकडभिट्टाबाट १२ः३० बढे हिँड्नुभएका उहाँले झण्डै ३ः१० मा जन्मघरको आँगन टेक्नुभएको थियो । ‘दमदम सेन्ट्रल करेक्सनल होम’ मा जेलको कष्टकर बसाइबाट छुटकारा पाउनुभएका उहाँले आफ्नी आमासँग भेटघाट गर्नुभयो तर मौन बस्नुभयो ।

‘आउनुहुन्छ भन्ने लागेको थियो यत्तिका वर्षपछि भेट्न पाउँदा कत्ति हो कत्ति खुसी लागेको छ । त्यो खुसी व्यक्त नै गर्न सक्दैनौँ’, भतिजा गोपाल तिम्सिना भन्नुहुन्छ ।

छोरोसँगको भेटपछि खुसी हुदै आमाले आशाको भावमा भन्नुभयो, ‘यसको ज्यानमा फोक्से मासु लागेछ, कमाउन गएको कमाइ त भो होला यसको ?’ आमा बोल्नुभयो तर दुर्गाप्रसाद केही बोल्नुभएन । नबोलेपछि ‘बोल्दैन बिरामी पो छ कि के हो ?’ थप प्रश्न गर्दै उहाँले छोरोप्रति जिज्ञासा राख्नुभयो ।

आमा धनमायालाई जेल भनेको सजाय दिने ठाउँ हो भन्नेसम्म थाहा छैन । छोरो जेल भन्ने ठाउँमा काम गर्दै कमाइरहेको छ भन्ने लागेको छ उहाँलाई । कमाउन जान्छु भनेर हिँडेको छोरो बल्ल फर्किएको छ । धेरैतिर खोज्दा पनि कतै पत्ता नलागेपछि छोरो सम्पर्कविहीन भए पनि कमाइ गरिरहेको छ भन्ने आशामा हुनुहुन्थ्यो ।

‘कमाउन गएको किन कमाउँदैन र ? यत्तिका वर्षमा कमायो होला । जग्गा किन्ला अब गरेर खाला नि’, छाेराे नबाेले पनि आमाले मनभरिको आशा व्यक्त गर्नुभयो ।

दुर्गाप्रसाद घर त आउनुभयो तर उहाँ भने केही थाहा नभएको जस्तै देखिनुहुन्छ । आमालाई भेट्दा उहाँमा न खुसी देखियो न दुःख नै ।

तिम्सिना शनिवार जेलमुक्त भएसँगै आइतबार नेपाल फर्किनुभएको हो । उहाँलाई लिन भाइ प्रकाशचन्द्र (काकाका छोरा) र विश्व मानव सेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत भारत पुग्नुभएको थियो ।

उहाँ सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ पर्नुभएको थियो तर उहाँमाथिको यो आरोप प्रमाणित भएको छैन । उहाँविरुद्ध दार्जिलिङ प्रहरीमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।

यस प्रमाणमा दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उहाँविरुद्ध जाहेरी दिएको देखिन्छ । तर भाइ प्रकाशचन्द्र भन्नुहुन्छ, ‘दाइलाई फसाउन फर्जी जाहेरी दिएको हो ।’ दुर्गाप्रसाद भने बोल्दै बोल्नुहुन्न । तर भाइ प्रकाशचन्द्रका अनुसार दाइ दुर्गाप्रसादले छुटेलगत्तै ‘म निर्दोष छु’ भन्ने प्रतिक्रिया दिनुभएको थियो । दुर्गाप्रसाद घर आउनुभएको समयमा छिमेकीसमेत भेट्न आएका थिए ।

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…