आहा ! जज भनेका यस्ता पो हुन् – ‘पहिलो भागबाटै दि भ्वाइस अफ नेपाल–३ लाई उत्कृष्ट प्रतिक्रिया’

नेपालकै नम्बर १ गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ शुक्रबारदेखि हिमालय टेलिभिजनमा प्रशारण हुन थालेको छ । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण भएको थियो । तेश्रो सिजनको पहिलो भागबाट नै शोले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको छ । पहिलो भागमा ‘ब्लाइन्ड अडिसन’मा छानिएका प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुती दिएका छन् । जसलाई दर्शकले निकै मन पराएका छन् ।

शोको पहिलो भाग नै नेपालमा युटुब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ । एक दिनमै यो शोलाई युटुबमा १३ लाख भन्दा बढीले हेरेका थिए । हालसम्म पहिलो भागलाई युटुबमा १८ लाख भन्दा बढीले हेरिसकेका छन् ।

‘दि भ्वाइस अफ नेपाल सिजन ३’को पहिलो भागमा मेलिना मैनाली, गनविर बुढामगर, धु्रव तामाङ, सुजिता योञ्जन र धमेन्द्र सुनार अघिल्लो राउन्डका लागि छनोट भएका छन् ।

यस्तै, शनिबार प्रशारण भएको ‘ब्लाइन्ड अडिसन’बाट सम्राट राजभण्डारी, अभिषेक बराइली विश्वकर्मा, सुमन नेपाली, अफ्रिता खड्गी, सुनिलथापा मगर, शर्मिला आचार्य, निर्मला घले छनोट भएका छन् । शनिबार प्रशारण भएको ‘दि भ्वाइस अफ नेपाल सिजन ३’को दोश्रो भागले पनि दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको छ । यो शोमा दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल, तृष्णा गुरुङ निर्णायकको रुपमा छन् ।

भर्खरै दोहोरी च्याम्पियनका निर्णायकहरुबाट नमिठो अनुभव नेपाली श्रोता दर्शकले दि भ्वाइस अफ नेपालका निर्णायकहरुको प्रसंसा गरेका छन्। सामाजिक संजाल फेसबुकमा टिप्पणी गर्दै सन्तोष डिसी लेख्छन्, ‘आहा जज भनेको त यस्तो पो हुनुपर्छ नया कलाकारआई हौसलादिने न कि दोहोरी च्याम्पियनका जस्ता व्यक्तिगत टिप्पणी गर्ने।’

दोहोरी च्याम्पियनको पहिलो खेलमा सुधारिएर आयो निर्णायकको प्रतिक्रिया

पहिलो भागनै सर्वाधिक विवादमा आएको दोहोरी च्याम्पियनको दोस्रो शृंखला भने केहीसहित आएको छ । डिला बिक र राजु केसीले पहिलो दोहोरी जितेका छन। प्रिती गीरी र अनुज अधिकारीलाई हराउदै उक्त पहिलो दोहोरी डिला र राजुले जितेका हुन्।

दोहोरी च्याम्पियनमा देशभरबाट प्रतिष्पर्धी आएका छन। ४ जना निर्णायक र २ कार्यक्रम प्रस्तोता रहेको एक मात्र मौलिक रियालिटी सो दोहोरी च्याम्पियनले अझ दर्शकको मन जित्ने कार्यक्रम प्रस्तोता तथा लोकप्रिय गायक बद्री पंगेनीले जानकारी दिएका छन।

उनका अनुसार दोहोरी प्रतियोगिताको पहिलो भाग बिबादित बनेपनि आगामी भागहरुमा सुधार गरेर आएको बताएका छन भने सबैको जिज्ञासालाई मेटाउने गरि कार्यक्रम अझै सभ्य र भब्य बनाउने उनको जानकारी छ।

कार्यक्रम मा औठी बेरुवाको र झ्यालमा पर्दा छ गरि दुइओटा गीतमा दोहोरी खेलेका थिए।डिला र राजुको पक्षमा ५ सय ८४ दसमलब ५ मत प्राप्त भएको थियो भने प्रिती र अनुजको पक्षमा ५ सय ६८ मत प्राप्त भएको थियो।कार्यक्रम नेपाल टेलिभिजन मार्फत प्रशारण हुने गर्छ।

भर्खरै प्रकाशित

कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना,…

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…