के भन्छन् दोहोरी च्याम्पियनका विवादित निर्णायक चन्द्र शर्मा ?

काठमाडौं– नेपाल टेलिभिजनबाट प्रसारित दोहोरि ‘दोहोरी च्याम्पियन’को पहिलो भाग निकै विवादित बन्न पुग्यो । ठुलै राशिको पुरस्कार राखेर आयोजन गरिएको ‘दोहोरी च्याम्पियन’ विवादित बन्नुको मुख्य कारण निर्णायक मण्डलमा बसेकाहरुको बोल्ने शैली बनेको छ ।  ।पहिलो भाग प्रसारण भए पछी दोहोरी च्याम्पियनमा निर्णायकहरुको अभिव्यक्तिप्रति धेरैले असन्तुष्टि जनाइरहेका छन् ।

निर्णायकहरु प्रजापति पराजुली, चन्द्र शर्मा, रमेश बिजी र सीता थापाले प्रतिस्पर्धीलाई गरेको कमेन्टलाई लिएर उनीहरुको चर्को आलोचना भइरहेको छ । ‘सुरुवाल छोटो भयो, सुरुवालमा स्पोर्ट्स सुज लगाउनु भएन, तपाईं टेलिभिजनतिर देखिने भाइरल बहिनी हो’ भन्नेजस्ता कमेन्ट र अभिव्यक्तिलाई लिएर दर्शकले निर्णायक नै परिवर्तन गर्नुपर्नेसम्मको असन्तुष्टि राखिरहेका छन् ।

यस बिषयमा चन्द्र शर्मा भन्छन – डिजिटल अडिसनबाट आएका थुपै्रै प्रतिस्पर्धीमध्ये हामीले केहीलाई फिजिकल अडिसनमा ल्याएका हौँ । फिजिकल अडिसन लिने क्रममा करिब आठ घण्टा भएको सु’टिङ, जसमा को कहाँबाट आएको, नाम के हो ? पहिलो शृंखला भएकाले धेरै कुराहरु भएका थिए । तर, सम्पादन गरेर एक घण्टामा झार्ने क्रममा निर्णायक तथा प्रस्तोताहरुले बोलेका धेरै कुराहरु समावेश गरिएको छैन ।

यस्तो हुँदा कहीँ निर्णायकले प्रतियोगीबारे बोल्दा दर्शकको मन दुःखेको होला । यो जगजाहेर नै छ । यो पहिलो शृंखला हो । एक वर्षसम्म यो निरन्तर अगाडि जानेछ । पहिलो प्रश्नमा म तपाईंलाई के ढुक्क पार्न चाहन्छु भने अरु शृंखलाहरु आउँदा हिजो बोलिएका कुराहरुको सन्दर्भ के रहेछ भन्ने स्पष्ट हुँदै जान्छ । सम्पादन गर्ने क्रममा केही कुराहरु काटिएका कारण यस्तो सुनिएको रहेछ भन्ने स्पष्ट हुनेछ ।

गायिका (कल्पना दाहाल) भित्र प्रवेश गरेपछि तपाईं त विभिन्न प्रतियोगितामा प्रथम भइसक्नुभएको गायिका, तपाईं कस्तो राम्रो गायिका, हजुरको यो गरिमा सधैँ उच्च रहोस् भनेर हामीले साढे चार मिनेटमा जि’स्किएर ‘हुन त हो नि तपाईं त्यही यस्तो–यस्तो भएको गायिका हो नि’ भनेर भनेको सन्दर्भमा ३० सेकेन्डको बा’इट्स आइसक्यो । चार मिनेटको कुराकानी आउनै बाँकी छ । अब बाँकी कुरा आएपछि र अरु शृंखला आएपछि तपाईंहरु सबै छ’र्लंग हुनुहुनेछ ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…