टेस्लामाथि सुराकीको आरोप : चीनले लगायो टेस्लाका इलेक्ट्रिक कारमाथि प्रतिबन्ध, भारत विचमा

काठमाडौं । चिनियाँ सेनाले टेस्लाको कारलाई सुराकीको आशंका गर्दै प्रतिबन्धित गरेपछि एलोन मस्कले कम्पनीको बचाउ गरेका छन् । उनले आफ्नो कारले सुराकी गरेको भए कम्पनी बन्द भई सक्नुपर्ने भन्दै चिनियाँ आरोपको खण्डन गरेका छन् ।

शनिबार चीनको एउटा महत्वपूर्ण फोरमसँगको भर्चुअल छलफलका क्रममा मस्कले कुनै पनि जानकारीलाई गोप्य राख्न आफूहरुसँग पर्याप्त इन्सेन्टिभ भएको बताए । ‘यदि टेस्लाले चीन वा अन्य कुनै मुलुकमा सैन्य सुराकीका लागि आफ्नो कार प्रयोग गरेको भए कम्पनी बन्द भइसक्थ्यो,’ उनले भने ।

गत शुक्रबार रोयटर्समा प्रकाशित खबरअनुसार चिनियाँ सैनिकहरुले टेस्लाका कारलाई कम्प्लेक्सहरुमा छिर्नबाट प्रतिबन्ध गरेको थियो । उसले ती गाडीहरुमा इन्स्टल भएका क्यामेराले सुरक्षा चिन्ता बढाउने बताएको थियो ।

टेस्ला कम्पनीले भारतमा ठुलो लगानी गर्दैछ। भारतको कर्नाटका राज्यमा यसैवर्षदेखि सुरु हुनेगरी टेस्लाले विद्युतीय कार उत्पादन गर्दै छ  जुन चीन रिसाउनुको मुख्य कारणमानिएको छ। हाल चीनमा बनेका टेस्ला कम्पनीका कार विश्वबजारमा विक्री भाइरहेका छन् भने चीनमै उद्योग हुँदा त्यहाँका नागरिकले रोजगार पाइरहेका छन्। चीनको चाहना टेस्लाले भारतमा समान्तर उद्योग नाखोलोस  भन्ने रहेको भारतीय विज्ञहरु बताउँछन्।

चीनको डेभलपमेन्ट फोरममा बोल्दै विश्वका दुई शक्तिशाली अर्थतन्त्रीबीच पारस्परिक विश्वास बन्नुपर्ने बताएका छन् । गत वर्ष मात्र टेस्लाले चीनमा आफ्नो एक लाख ४७ हजार ४४५ वटा कार बिक्री गरेको थियो, जुन उसको ग्लोबल सेलको कुल ३० प्रतिशत हो । तर, यस वर्ष कम्पनीले चीनकै घरेलु ईभी कम्पनी नियो इङ्क र गिलीसँग प्रतिस्पर्धा गर्न पर्‍यो ।

भर्खरै प्रकाशित

ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग होस्

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी र संसदीय दलको विधान विपरीत कुनै काम नगरेको सष्टीकरण दिएका छन् । साथै उनले पार्टी…

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…