जनताले अवसर प्रदान गरे सक्रिय राजनीतिमा लाग्छु : सर्वेन्द्र खनाल

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विकासका काममा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । जनकल्याण सामाजिक केन्द्रले आज आयोजना गरेको ‘१८औँ रक्तदान तथा सम्मान’ कार्यक्रममा उनले नीति र नेतृत्वलाई सही ढङ्गले परिचालन गर्न सकेमात्र देशको विकास हुने बताए । “यो तेरो पार्टीको यो मेरो पार्टीको भन्नुभन्दा पनि सामूहिक रुपमा काम गरौँ, देशको विकास सम्भव छ”, उनले भने ।

खनालले आफूले प्रहरी सङ्गठनमा लागेर समाज र राष्ट्रको सेवा गरेको उल्लेख गर्दै जनताले अवसर प्रदान गरे सक्रिय राजनीतिमा लाग्ने बताए । नेपालको राजनीति क्षेत्रलाई शुद्धिकरणका लागि राजनीति क्षेत्रमा हुने बद्मासीको अन्त्य हुनु जरुरी रहेको उनको भनाइ छ ।

उनले देशमा हुने भ्रष्टाचारको अन्त्य र अपराधलाई निर्मूल पारेमात्र देशको विकास हुने उल्लेख गरे । टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले प्रचुर सम्भावना भएको नेपालको विकासका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…