ओलीजी स्पष्टीकरणमा रोकिनु हुन्न, अरू धेरै गर्नेवाला हुनुहुन्छ : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरुलाई स्पष्टीकरण सोध्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णय दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष ओली कम्युनिष्ट आन्दोलनको भविष्य सिध्याउने सुनियोजित यात्रामा अगाडि बढेको भन्दै उनले अरु धेरै गर्ने बताए ।
शनिबार बसेको बालुवाटार बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यसबारे अनलाइनखबरलाई प्रतिक्रिया दिँदै भुसालले भने, ‘स्पष्टीकरणले रोकिनु हुन्न उहाँ । अरु धेरै गर्नुहुनेवाला छ । सक्नुभएको भए अस्ति संविधान हिँडाइसक्नुहुन्थ्यो । अब पनि सम्भव भए त्यो गर्नुहुन्छ ।’

अग्रज पुस्ता र वर्तमान नेतृत्वले अनेक समस्या र उतारचढाव झेलेर बनाएको एमाले सिध्याउने सुनियोजित यात्रा अन्तर्गत नै ओली स्पष्टीकरणसम्म आइपुगेको भुसाल बताउँछन् । भुसालको प्रतिक्रिया उनकै शब्दमा :

कम्युनिष्ट आन्दोलनमा हाम्रा अग्रज र वर्तमान कम्युनिष्ट पंक्तिले अनेक समस्या र उतारचढाव झेलेर बनाएको पार्टी हो, नेकपा एमाले । यो पार्टी कहिले तल गयो, कहिले माथि पुग्यो ।

पहिलो संविधानसभा निर्वाचनमा हामी नराम्रो गरी खुम्चियौं । दोस्रो संविधानसभाको निर्वाचनमा विकासका हिसाबले तीन गुणा फड्को मा¥यौं । २०७४ को निर्वाचनमा त असाधारण फड्को मार्‍यौं । माओवादीसँग गठबन्धन गर्‍यौं । संसदीय निर्वाचनमा असाधारण विजय हासिल गर्‍यौं । असाध्यै बलियो सरकार बनायौं । पार्टी एकता गर्‍यौ । समृद्धि र समाजवादको संरचनागत हिसाबले ग्यारेन्टी गर्‍यौ ।

तर, ओलीजीको नेतृत्व रहँदा रहँदै यी सब भत्किँदै र सकिँदै गयो । गठबन्धन हिँड्यो, एकता हिँड्यो । संसद्मा बहुमत हिँड्यो । पार्टी विभाजनपछि हाम्रो सरकार अल्पमतमा छ ।

ओलीजीले संसदमाथि आक्रमण गरेर कहिल्यै माफी नपाउने गल्ती गर्नुभयो । यी सब सक्दा पनि हामीसँग नेकपा एमाले बाँकी छ । यो एमाले व्यवस्थित हुँदा र विधिमा मात्रै चलाउने हो भने फेरि पनि भविष्य बनाउने सामथ्र्य यो पार्टीसँग छ । यो पार्टीलाई निजी कम्पनी नभएर सामूहिक रुपमा चल्ने आधुनिक पार्टी बनाउँदा राम्रो भविष्य छ ।

तर ओलीजी, आफ्नो कुण्ठा र बदलाभाव पूरा गर्न बाँकी रहेको एमाले पनि तोड्न चाहनु हुन्छ । आज चार जनालाई स्पष्टीकरण लिने निर्णय गर्नुभएको छ । व्यक्तिगत रुपमा चार जनालाई स्पष्टीकरण लिने कुराको कुनै अर्थ छैन । तर, स्पष्टीकरणले रोकिनु हुन्न, उहाँ । अरू धेरै गर्नुहुनेवाला छ । यो हामीभित्र मात्रै होइन, बाहिर पनि गर्नुहुन्छ ।

सक्नुभएको भए त, अस्ति संविधान हिँडाइसक्नुहुन्थ्यो । अहिले पनि सम्भव भयो भने त्यो गर्नुहुन्छ । त्यसैले हाम्रो इतिहासले निर्माण गरेको चीज (उपलब्धि) खानुभयो र भविष्यको सम्भावना समेत तोड्न जाँदै हुनुहुन्छ । स्पष्टीकरणलाई व्यक्तिगत रुपमा खासै चिन्ता लिएको छैन । तर, कम्युनिष्ट पार्टी, मुलुक र कम्युनिष्ट आन्दोलनका लागि यो दुर्भाग्यपूर्ण हुँदैछ ।

भर्खरै प्रकाशित

जात थाहा पाएपछि कोठा नदिने घरबेटीविरुद्ध रूपा सुनारले प्रहरीमा दिइन्…

तल्लो जातको भन्दै कोठा भाडा नदिएको घरबेटीविरुद्ध सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका–…

युरोपको एउटा ‘फुच्चे’ देश कसरी फुटबलको महाशक्ति बन्यो ?

खेलकुदको दुनियाँमा यो ठूलो उपलब्धिमध्येको एक हो । यस ग्रहकै सबैभन्दा लोकप्रिय खेलमा कसरी एउटा सानो देश पहिलो वरीयताको टोली बन्यो ? मात्र १ करोड…

उत्तर कोरियामा लाग्दैछ भोकमरी, प्रतिकेजी केराको मूल्य ४५ डलर

पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम जोङ उनका विभिन्न तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन्। किमले अन्तर्राष्ट्रिय राजनीतिमा केही असर पर्ने काम गरेकाले उनका तस्बिर…

प्रहरीले छानविन गर्न थालेपछि माफी मागिन् ज्वाला सङ्ग्रौला

ट्राफिक प्रहरीले लाइसेन्स माग्दा रंगभेदी दुर्व्यवहार गर्ने ज्वाला सङ्ग्रौला र उनको समूहविरुद्ध मु’द्दा चलाउन प्रहरीले छानविन अघि बढाएको छ । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने…

‘एक्स ९’मा सुनिल सेट्टीलाई अफर, अनमोलसँग होला पर्दा शेयर ?

चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले निर्देशन गर्न लागेको तेश्रो चलचित्र ‘एक्स ९’का लागि बलिउड नायक सुनिल सेट्टीलाई अफर गरिएको छ…