चाइनिज खोप लगाएको दुई दिनपछि नै पाकिस्तानका प्रधानमन्त्री खानलाई कोरोना सङ्क्रमण

काठमाण्डाै । चाइनिज कम्पनीले उत्पादन गरेको कोरोनाको  खोप लगाएको दुई दिनपछि नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएपछि उहाँ आइसाेलेशनमा बस्नुभएको पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ फैसल सुल्तानले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री खानमा हल्का खोकी र ज्वरोसहितको मध्यम लक्षण देखिएको पनि सुल्तानले जानकारी दिनुभएको छ ।

उहाँले बिहीवार मात्रै कोरोना विरुद्धको खोपको पहिलो डोज लगाउनुभएको थियो । पाकिस्तानी प्रधानमन्त्री खान पछिल्ला दिनमा मास्क नलगाइकनै विभिन्न भेला, बैठक र आमसभामा सहभागी हुँदै आउनुभएको थियो । पाकिस्तानमा पछिल्लो महिनायता सङ्क्रमितको संख्या बढ्दै गएपछि केहि सहरमा आंशिक लकडाउन लगाइएको छ ।

सङ्क्रमितको बढ्दो संख्याले चिन्तित बनाएको र जोखिमपूर्ण तेस्रो लहरको खतरा रहेको प्रधानमन्त्री खानको भनाइ छ । पाकिस्तानमा अहिलेसम्म ६ लाख १५ हजार जनामा कोरोना पुष्टि भएको छ भने १३ हजार सात सय भन्दा धेरैको ज्यान गइसकेको छ ।

चाइनिज चौथो खोपले पायो आपत्कालीन अनुमति 

नले कोरोना भाइरसविरुद्धको चौथो खोपलाई प्रयोगका लागि अनुमति दिएको छ । चीनको रोग नियन्त्रण केन्द्र सिडिसीले यो खोप आपत्कालीन अवस्थामा प्रयोगका लागि मात्रै अनुमति दिएको जनाएको छ ।

द चाइनिज एकेडेमी अफ साइन्सेजको ईन्स्टिच्युट अफ माइक्रोबायोलोजीले गत साता विज्ञप्ती प्रकाशित गर्दै चौथो खोपले आपतकालिन अनुमति पाएको जनाएको हो । यो खोपलाई प्रयोगका लागि अनुमति दिन सिडिसीका प्रमुख गाओ फुको टोलीले निर्णय गरेको हो ।

यो खोपलाई अनहुई झिफेई लङ्गकम बायोफर्मास्युटिकल्स कम्पनी लिमिटेड र चाइनिज एकेडेमी अफ साइन्सेजको संयुक्त पहलमा विकास गरिएको हो ।

यो खोपलाई चीनका नियामक निकायहरूले गत हप्ता आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने गरी अनुमति दिएका थिए ।

चीनमा विकास गरीएको चौथो खोपको पहिलो र दोस्रो चरणको परीक्षण गत बर्षको अक्टोबरमा सम्पन्न भैसकेको छ ।

यो खोपको हाल तेस्रो चरणको परीक्षण उज्बेकिस्तान, पाकिस्तान र इण्डोनेशियामा चलिरहेको छ । उज्बेकिस्तानले मार्च १ मा यो खोपको प्रयोग गर्ने अनुमति दिइसकेको छ ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…