म पार्टी अध्यक्ष भएको भए बेडरूममा गएर कमरेड किन रिसाउनु भो भनेर गाला मुसार्ने थिएँ: माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टीको अध्यक्ष भएको भए केपी ओलीलाई बेडरूममै गएर फकाउने बताएका छन्।

शनिबार युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले पार्टीका अध्यक्ष अभिभावकजस्तै हुने बताएका हुन्।

त्यस्तै, फागुन २८ गते बोलाइएको भनिएको केन्द्रीय कमिटीको बैठकबारे आफूहरूलाई सूचना नै नदिएको उनले बताए।

ओलीले बैठकका लागि फोन गरेको सन्दर्भ उनले फेरि दोहोर्‍याए।

‘उहाँले फोन गर्नुभयो- कमरेड भेटौं हामी भन्नुभयो। भेट्ने भनें’, उनले भने।

बैठक उहाँले नै गर्ने भएकाले फोन र भेट पनि पहिला ओलीबाटै हुनुपर्ने उनको भनाइ थियो।

‘तपाईं फोन गर्नूस् भन्नुभयो। म फोन गर्दिनँ भनें। म अध्यक्ष भएको भए फोन मात्र किन घरमै जाने थिएँ,’उनले भने,’म ढोका खोलेर बेडरूममा पसेर कमरेड किन रिसाउनू भो भनेर यसो गाला मुसार्ने थिएँ। फकाउन म जान्दछु नि। उहाँको काम होइन अध्यक्ष भइसकेपछि ? अध्यक्ष भनेको ‘गार्डियन’ पनि हो।’

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…