दम दिर्घ रोग होइन, सही उपचार गरेमा पूर्ण निको हुन्छ : डा. सुवोध सागर ढकाल

हामी दम भन्नासाथ श्वास फेर्न गाह्रो भनेर बुझ्छौं। दम भन्नाले एउटै रोग भन्ने जनाउँदैन। दम धेरै किसिमका हुन्छन्। दम भन्ने एउटा टर्मले एउटै रोग भन्ने मात्रै जनाउँदैन। दम भन्नासाथ ठिक हुँदैन दिर्घकालिन रोग भन्ने चलन छ। तर, त्यो त्यस्तो होइन। सही उपचार गरेमा निको हुन्छ।

‘ब्रोङकेल आज्मा’ बढाउने चिजबाट जोगिन सक्यौं भने त्यो दमबाट बच्न सकिन्छ। सिओपीडी चुल्होमा खाना पकाउनेलाई हुन्छ। एउटा चुल्होमा २ घण्टा बिताउनु भनेको २० ओटा चुरोट खाए सरह हो। त्यसैले यसको विकल्प खोज्नुपर्छ।

बंशाणुगत दम पनि हुन्छ। यो धेरैजसो सानो उमेरमा देखिन्छ। ढुंगा कुट्ने, कार्पेट बिच्छ्याउनेलाई पनि दम हुने खतरा हुन्छ।

दमको उपचारका बिधी धेरै छन्। विशेष गरेर मुखबाट लिने इनेलसबाट यसको उपचार गरिन्छ। इनेलस लिँदा खुम्चिएको श्वासको नलिलाई ठूलो बनाउन सहयोग गर्छ। इनेलस एकपटक लिँदैमा सधै लिनुपर्छ भन्ने छैन।

यसको उपचार यसको स्टेजका आधारमा गरिन्छ। यसको विरूद्धमा खोपसमेत दिन सकिन्छ।

दमलाई लापरवाही गर्‍यो भने पक्षघात हुने, मुटुको रोग हुने खतरा रहन्छ।

दमको रोग लाग्नै नदिन चुरोट खान हुँदैन। चुल्होमा खाना नपकाएमा ३० देखि ४० प्रतिशत दम घटाउन सकिन्छ। तर वंशाणुगत कारणले हुने दमलाई भने घटाउन सकिँदैन। यसको उपचार गर्नैपर्छ।

धुँवा धुलोले गर्दा पनि दम हुने खतरा बढी हुन्छ।  घरभित्र चुरोट नखाने अगरबत्ती नबाल्ने गर्दा पनि केही मात्रामा बच्न सकिन्छ।

केएमसी शिक्षण अस्पतालमा कार्यरत छाती रोग र सघन कक्ष विशेषज्ञ प्र.डा. सुवोध सागर ढकालसँग सेतोपाटीले गरेको भिडिओ कुराकानी हेर्नुहोस्।

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…