प्रचण्डलाई धेरै सम्झाउन खोजें, तर मानेनन् : वामदेव

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला आउनु ऐतिहासिक भएको बताएका छन् । एमाले संसदीय दलको बैठकमा सहभागी हुँदै गौतमले ऋषिराम कट्टेलको माग दाबी मात्रै फैसला भएको भए नेकपा न विभाजन न एकताको अवस्थामा रहने बताए ।

‘सर्वोच्चले ऋषिराम कट्टेलको मागलाई मात्रै सम्बोधन गरेर नाम मात्रै फेरेको भए नेकपा न एकता, न विभाजन हुन्थ्यो,’ गौतमले भने । तर, अदालतको फैसलाले एमाले र माओवादी ब्युँताइदिएर ऐतिहासिक फैसला गरेको उनले बताए । गौतमले अदालतको २३ फागुनको फैसलालाई खुसी भएर स्वागत गरेको बताए ।

गौतमले सम्बोधनका क्रममा ४ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता पनि सम्झिएँ । ‘पुस ४ गते प्रधानमन्त्री र प्रचण्डको वार्तामा साक्षी थिएँ । त्यो बेला प्रधानमन्त्रीले दुईवटा प्रस्ताव गर्नुभयो । १९ बुँदे आरोपपत्र फिर्ता लिने र मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने,’ उनले भने । तर, प्रचण्डले नमानेको गौतमले ब्रिफिङ गरे ।

प्रचण्डलाई आफूले पनि धेरै सम्झाउन खोजेको बताए । ‘मैले धेरै सम्झाउन खोजें, उहाँले मान्नु भएन । मैले पार्टी एकता कुनै हालतमा जोगाउनुपर्छ भनें,’ उनले भने । संसद् विघटन गर्ने र अविश्वासको प्रस्तावबारे थाहा नपाएको पनि गौतमले बताए ।

यदि, थाहा भएको भए धर्ना बस्ने पनि गौतमको भनाइ थियो । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि खुसीले नमात्तिएको र निराश पनि नभएको बताए । तर, यसपछि प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको बताए । ‘मैले राजीनामा दिनुहोस् भने उहाँले दिनु भएन, तर पार्टी एक बनाउँछु भन्दा खुसी भएर अंकमाल गरेर फर्किएँ,’ गौतमले भने ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…