माधव नेपालले एमाले फुटाउन खोजेको भन्दै उनका विश्वासपात्र फर्किए ओली गुटमा

एमालेका वरिष्ठ नेता माधव कुमार नेपालका विश्वासपात्र मानिने सांसद कृष्णभक्त पोखरेल ओलीतिर लागेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकमा सहभागी भएका उनले नेपाललगायतले पार्टी फुटाउन खोजेकाले आफू सो समूह छाडेर ओलीतिर लागेको बताए ।

‘नेपालहरुले पार्टी फुटाउन लाग्नु भएकोले मैले उहाँहरुलाई छोडेर यता आएको छु । मुलुकको आर्थिक समृद्धि केपी ओलीको नेतृत्वमा मात्र सम्भव छ भन्ने पक्षमा उभिएको छु । एमाले र जबज नै प्रमुख कुरा हो’, उनले बैठकमा भनेको एक नेताले बताए ।

यस्तै नेपाल पक्षका सोम पाण्डे र जीवनराम श्रेष्ठ पनि बैठकमा सहभागी भएका छन् ।

नेपाल पक्ष त्याग्दै सांसद कृष्णभक्तले भने, ‘जनतासामू गरेको संकल्प पूरा गर्छौं’

माधव समूह प्रभावशाली सांसद कृष्णभक्त पोखरेल संसदीय दलको बैठकमा उपस्थित भएर केपी ओली नेतृत्वको मूलधारमा लागेको घोषणा गरेका छन्। शनिबार संसदीय दलको बैठकमा बोल्दै उनले ओली सरकार पाँच वर्षसम्म नै चल्ने दाबी गरे।

पोखरेलले बेलायतमा पनि जोन मेजरलाई घेराबन्दी गरेर हटाउन खोजिएको स्मरण गर्दै पछि सबैले साथ दिएर ५ वर्ष सरकार चलेको उदाहरण दिए। माधव पक्षको बैठकमा कि हामीले नयाँ संसदीय दलको नेता बनाउँदै छौं भनेर रोक्नुपर्‍यो कि होइन भने लगातार तीन पटक नजाने आधार के हुन् भनेर प्रश्न गरेको बताउँदै उनले भने, ‘हामीले भनौं, केपी ओलीलाई संसदीय दलको नेताबाट फाल्न सक्छौं ? फाल्ने हाम्रो योजना छ ? हो छैन भने अरु ढंगबाट कोठे बैठक बस्न हुँदैन भनियो।’

एमालेको संसदीय दलको बैठक जारी बैठकमा एमाले सांसद पोखरेलले माधव—झलनाथ नेतृत्वले पार्टी फुटाउन लागेको बताए। उनले अगाडि थपे,‘ओलीको नेतृत्वमा सरकार पाँच वर्षसम्म चलेर हामीले नेपाली जनतासामू गरेको संकल्प पूरा गरेर फर्केने दृण अठोटका साथ म यहाँ आएको छु।’

पोखरेल भने,‘छुट्टै दलको बैठक बस्नुपर्ने कुरा सकियो  म अब मूलधारमा लागेँ, यसबीचमा कहिँ कतै गल्ति भएको भए माफ पाउँ। अब समृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु।’

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…