छलफलका लागि भन्दै बालुवाटार बोलाएर एमालेमा प्रवेशको घोषणा, व्यवसायी परे चकित

काठमाडौँ। प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार तथा पूर्वउद्योग राज्यमन्त्री मोती दुगडले व्यवसायीलाई एसएमएसमार्फत निमन्त्रणा गरेका थिए, ‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूसँग निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूको भेटघाट, छलफल तथा रात्रिभोजको कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्दछु ।’

प्रधानमन्त्री ओलीसँग छलफलका लागि उद्योगी–व्यवसायीलाई बालुवाटार बोलाइए पनि फरक प्रकृतिको कार्यक्रम भएको छ । कार्यक्रमको सुरुमै उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोर श्रेष्ठलगायत एमालेमा प्रवेश गर्ने घोषणा भएपछि अधिकांश व्यवसायी आश्चर्यमा परे । ‘प्रधानमन्त्रीसँग भेटघाट र छलफल भनेर निमन्त्रणा आएको थियो, सोहीअनुसार प्रधानमन्त्रीको सरकारी निवासमा गयौँ । तर, केही व्यवसायी एमालेमा प्रवेश गर्ने भनेर घोषणा भएपछि त छाँगाबाट खसेजस्तै भयौँ,’ भेलामा सहभागी एक व्यवसायीले भने ।

शुक्रबार साँझ पाँच सयभन्दा बढी व्यवसायीलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा निम्तो गरिएको थियो । प्रधानमन्त्रीसँग प्रत्यक्ष संवादका लागि निम्तो गरिएका अधिकांश व्यवसायी बालुवाटार पुगेका थिए । तर, पार्टी प्रवेशको कार्यक्रमबारे पूर्वजानकारी नगराई छलकपट गरिएको व्यवसायीको गुनासो छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघलगायत सबैजसो संघसंस्थाका पदाधिकारी, प्रतिष्ठित व्यवसायीदेखि खुद्रा व्यापारीसम्मलाई निमन्त्रणा गरिएको थियो । ‘प्रधानमन्त्रीज्यूले निजी क्षेत्रसँग भेटघाट, छलफल तथा रात्रिभोज गर्न चाहनुभएको छ, प्रधानमन्त्रीसँग तपाईंले आफ्ना समस्याहरू खुलस्त राख्नुहोला,’ दुगडसँग भएको संवादबारे एक सहभागीले भने ।

पार्टी प्रवेशको कार्यक्रमबारे निजी क्षेत्रका ठूला संस्थाहरू महासंघ, परिसंघ, चेम्बरका पदाधिकारी अनभिज्ञ थिए । पार्टी प्रवेशको कार्यक्रम सुरु हुनासाथ धेरै व्यवसायी बाहिरिएको एक सहभागीले बताए । ‘प्रधानमन्त्रीले बोलाएपछि जानैप¥यो, त्यसमाथि निजी क्षेत्रका मुद्दामा छलफल गर्ने भनिएको थियो,’ अर्का सहभागीले भने, ‘निजी क्षेत्रका कुरा सुन्न बोलाएर पार्टी प्रवेश गराउने गलत सोच राखिएको रहेछ ।’

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा, परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाल, निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, चेम्बरका कार्यबाहक अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी सेवा समाजका अध्यक्ष पवन मित्तल, नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण दुलाल, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले बोलेपछि प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन भने सल्लाहाकार दुगड आफैँले गरेका थिए ।

कार्यक्रममा मुलुकका ठूला व्यवसायीदेखि खुद्रा व्यापारीसम्मको उपस्थिति थियो । सुरुमा व्यवसायीसँग छलफलपछि प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री पोखरेलले टीका र खादा लगाएर पार्टी प्रवेश गराएका थिए । प्रधानको नेतृत्वमा दुई सय ३५ जना उद्योगी–व्यवसायी पार्टी प्रवेश गरेको प्रधानमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहाकर मोती दुगडको दाबी छ ।

किशोर प्रधानसहित ललित अग्रवाल, सीताराम अग्रवाल, हितेश गोल्छा, पुनम व्यास, कृष्ण प्रसाईं, मदन मित्तल, अजय सराबगी, ओमप्रकाश वंशल, नरेन्द्रकुमार गुप्ता, अनिलकुमार वंशल, दिलीप जैन, दिलीप अग्रवाल, राकेशकुमार जलन, प्रेम पाण्डेलगायत उद्योगी–व्यवसायी एमाले प्रवेश गरेको घोषणा गरिएको थियो । पार्टी प्रवेश गर्नेमा अधिकांश मारवाडी समुदायका व्यवसायी छन् । साभार : नयाँपत्रिकाबाट 

भर्खरै प्रकाशित

ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग होस्

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी र संसदीय दलको विधान विपरीत कुनै काम नगरेको सष्टीकरण दिएका छन् । साथै उनले पार्टी…

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…

आकाशबाट प्लास्टिकको वर्षा

मानिसले पृथ्वीलाई प्रदूषित बनायो । आकाश बाँकी थियो । तर, अब नयाँ शोधले के देखाएको छ भने मनुष्यले आकाश पनि बाँकी राखेका छैनन् । आकाश…