नेपाल टेलिकमले १६० एमबीपीएस गतिको इन्टरनेट दिने

काठमाडौं । नेपाल टेलिकमले उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा दिने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा टेलिकमका प्रबन्धक शोभन अधिकारीले १६० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउने गरी नेटवर्क बनाउने तयारी भइरहेको जानकारी दिए ।

हाल कम्पनीले अधिकतम ६० एमबीबीएस गतिसम्मकाे इन्टरनेट उपलब्ध गराइरहेकाे छ ।

सीडीएमए हटाउन मोबाइल सेट बाँड्दै 

नेपाल टेलिकमले सीडीएमए (स्काई फोन) सेवा बन्द गर्ने भएको छ । त्यसका लागि कम्पनीले सीडीएमए प्रयोगकर्तालाई जीएसएम सिमसहितको माेबाइल सेट उपलब्ध गराउने याेजना ल्याउने भएको छ ।

टेलिकमले चालू आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रममार्फत स्काई फोन बन्द गर्ने र त्यसका प्रयोगकर्तालाई जीएसएम सेवामा रुपान्तरण गर्ने योजना ल्याएको थियो ।

पछिल्लो समय नयाँ र सहज प्रविधिको रुपमा जीएसएम मोबाइल सेवाको विस्तारले रफ्तार लिएको छ । यस्तो अवस्थामा पुरानो प्रविधिमा आधारित सीडीएमए सेवालाई विस्थापन गर्ने योजना टेलिकमले बनाएको हो ।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अध्यक्षतामा रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले नै नेपाल टेलिकमले दिँदै आएको सीडीएमए सेवा सन् २०२२ देखि बन्द गर्ने निर्णय गरेको थियो ।

समितिको उक्त निर्णयले पनि टेलिकमले यस वर्षको वार्षिक कार्यक्रममा सीडीएमए माइग्रेसनलाई प्रमुख कार्यक्रमको रुपमा अघि बढाएको थियो । तर, कोभिड १९ का कारण कार्यान्वयन भने ढिलाई भएको छ ।

‘हाम्रो योजना यही आर्थिक वर्षभित्र सीडीएमएलाई पूर्णरुपमा विस्थापित गर्ने योजना थियो,’ टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भने, ‘तर, कोभिड १९ का कारण सहज रुपमा काम गर्ने अवस्था नहुँदा कार्यक्रम लम्बिएको हो । तर पनि हालसम्म एक सय ५० भन्दा बढी साइट बन्द भइसकेको छ ।’

यस योजनाअन्तर्गत सीडीएमए फोन प्रयोगकर्तालाई जीएसएम टूजी, थ्रीजी र फोरजीमा रुपान्तरण गर्ने योजना टेलिकमको रहेको छ ।

‘तराई भेगमा हाल सीडीएमएबाट जीएसएममा रुपान्तरण गर्ने काम भइरहेको छ,’ अघिकारीले भने, ‘विस्तारै हिमाली भेगमा पनि सीडीएमए फोन प्रयोगकर्तालाई जीएसएममा रुपान्तरण गर्ने तयारी गरिरहेका छौं ।’

अधिकारीका अनुसार हिमाली भेगामा सीडीएमए फोन प्रयोगकर्ताको संख्या धेरै छ । त्यसैले त्यहाँका प्रयोगकर्तालाई फोनसहितको प्याकेज उपलब्ध गराउने योजना टेलिकमको रहेको छ ।

त्यसका लागि फारजीका साथै भ्वाइस ओभर एलटीई (VoLTE) सपोर्ट गर्ने फोनका लागि टेण्डर आह्वान भइसकेको छ ।

उक्त सेट आएसँगै सीडीएमए ग्राहकलाई सेटसहितको सर्भिस उपलब्ध गराउने योजना टेलिकमको रहेको अधिकारीले बताए ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…