जो बाइडन आएपछि पहिलो पटक सार्वजनिक मञ्चमै अमेरिकी र चिनियाँविच चर्काचर्की

एजेन्सी । राष्ट्रपति जो बाइडन सत्तामा आएपछि पहिलो पटक अमेरिका र चिनियाँ उच्च अधिकारीबीच भएको वार्तामा भनाभन परेको छ ।

अलास्कामा बसेको बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन, राष्ट्रिय सुरक्षा सल्लाहाकार जेक सुलिवान र चिनियाँ समकक्षी वाङ यी तथा शीर्ष कूटनीतिज्ञ यांग जेइची सम्मिलित प्रतिनिधिमण्डलबीच चर्काचर्की परेको हो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले सार्वजनिक मञ्चमा दुई देशका प्रतिनिधिहरूबीच यस प्रकारको विवाद कमै हुने बताएका छन् ।

बैठकमा चिनियाँ पक्षले अमेरिकाले अन्य देशहरूलाई चीनमाथि हमलाको लागि उक्साइरहेको आरोप लगाएको थियो । अमेरिकाले भने चीनले विना सोचविचार यस्तो निष्कर्षमा पुगेको भन्दै प्रतिवाद गरेको थियो । चिनियाँ अधिकारीहरूले आफूहरू झुक्छौं भन्ने ठानेको भए अमेरिका धोकामा रहेको टिप्पणी गरेका थिए ।

वार्ताको सुरुमै अमेरिकी विदेशमन्त्री ब्लिंकनले सिनजियांग, हङकङ, ताइवान, अमेरिकामाथि भएको साइबर हमला र आफ्ना सहयोगीहरूमाथि बनाइएको आर्थिक दबावका विषयमा चासोका साथ कुरा गर्न खोज्नुभएको थियो ।

जवाफमा चिनियाँ शीर्ष कूटनीतिज्ञ यांगले अमेरिकाले आफ्नो सैन्य शक्ति र आर्थिक वर्चश्वको दुरुपयोग गरेको आरोप लगाउनुभयो । उहाँले अमेरिकामै मानव अधिकारको स्थिति अत्यन्त नाजुक रहेको टिप्पणी गर्नुभयो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहाकार सुलिवानले भने आफूहरू चीनसँग कुनै झगडा गर्न नचाहेको भन्दै आफ्नो सिद्धान्त र मित्रहरूको साथ जहिल्यै पनि उभिने प्रष्ट पानुभयो । विश्वभरका सञ्चार माध्यमको सामुन्ने दुई देशका प्रतिनिधिबीच यो बहस एक घण्टाभन्दा बढी चलेको थियो ।

विवादपछि अमेरिकी र चिनियाँ अधिकारीहरूले एक अर्कालाई अन्तर्राष्ट्रिय प्रोटोकलको उल्लंघन गरेको आरोप लगाएका छन् ।

 

भर्खरै प्रकाशित

स्वघाेषित सामाजिक ‘अभियन्ता’को आ’तंक, जतासुकै तीन करोड नेपालीको धम्की

नवराज कुँवर / शिलापत्र ६ फेब्रुअरी २०२० मा एचबीएम नेपाल नामक युट्युब च्यानलमा एउटा भिडियो अपलोड भयो, जहाँ आफूलाई सामाजिक अभियन्ता दाबी गर्नेहरूबीच कु’टा’कुट परेको…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…