दयाहाङ राई भन्छन्- खुवालुङ हाम्रो आस्था हो, भत्काउन मिल्दैन

काठमाडौं । बिहीबार खुवालुङ सरोकार समूहको कार्यक्रममा अभिनेता दयाहाङ राई निकै कडा प्रस्तुत भए । उनले सरकारले किराँत सभ्यता र संस्कृतिमाथि धावा बोलिरहेको भन्दै खुवालुङ ढुंगा फुटाउन नमिल्ले बताए । राईले भने, ‘हाम्रा मूल्य, मान्यता र दर्शन हामीले थाहा नपाउँदै मासिन्छ । राज्य पक्षबाट नियोजितरुपमा सभ्यता समाप्त पारिने काम हुन्छ ।’

अभिनेता राईको यो भनाइ खुवालुङ फुटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिविरुद्ध थियो । खुवालुङ सरोकार समूहको अवधारणा पत्र सार्वजनिक गरिने कार्यक्रममा अभिनेता दयाहाङले खुवालुङ किरात जातिको मात्र नभएर देशकै सम्पदा भएको बताए । उनले भने, ‘यदि किराँतलाई यो देशको नागरिक मानिन्छ भने खुवालुङ सम्पूर्ण देशकै सम्पदा हो ।’

कार्यक्रममा अधिवक्ता भीम राईले किराँतीको आस्थाको केन्द्र खुवालुङ संरक्षणका लागि अदालतको ढोकासम्म पुग्ने उद्घोष गरे । सरोकार समूहका संयोजक तथा लेखक राजन मुकारुङले पनि राज्यले खुवालुङ नफुटाउने लिखित प्रतिवद्धता व्यक्त नगरेमा कानुनी प्रक्रियामा जाने बताए ।

खुवालुङलाई फुटाउनुभन्दा आन्तरिक पर्यटकको केन्द्र बनाउन सुझाउँदै मूर्तिकार धनु याख्खाले भने, ‘समग्र समुदायको आस्थामाथि प्रहार गर्नुभन्दा उत्तम विकल्प त, खुवालुङलाई आन्तरिक पर्यटकीय गन्तव्य बनाउनुहुन्छ । राज्यले यतातिर ध्यान देओस् ।’

कवि चन्द्रवीर तुम्बापोले खुवालुङ फुटाए समग्र किराँत जातिको इतिहास समाप्त हुने चिन्ता व्यक्त गर्दै भने, ‘खुवालुङसँगै सुरु हुने किराँतको इतिहास समाप्त हुन्छ । इतिहास समाप्त हुनु भनेको जरा उखेलिनु सरह हो ।’ राजन मुकारुङको संयोजकत्वमा बिहिबार १२ सदस्यीय खुवालुङ सरोकार समिति गठन भएको हो ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…