‘कुस्ती प्रतियोगिताका बिजेताले पाए १७ किलो चाँदीको गदा’

काठमाडौँ। नेपाली काँग्रेस खेलकुद बिभागले पचरौता नगरपालिकाको बेल्दारीमा आयोजना गरेको खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको बिजेताले सोमबार १७ किलो चाँदीको गदा पाएका छन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका नवलपरासीका देवा थापालाई १७ किलो चाँदीको गदा उपहार स्वरुप दिएको हो ।

प्रतियोगितामा थापाले सर्वाधिक ७ जना प्रतिद्धण्द्धीहरुलाई पराजित गरेका आयोजक समेत रहेका नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रीय सदस्य मणिभुषण यादवले बताएका छन्।

थापाले हरियाणाका मुना पहलवान, राजस्थानका कालू पहलवान, पंजाबका विक्की पहलवान लगायतका जनालाई कुस्ती प्रतियोगितामा भाग लिएकालाई आइतबार र सोमबार पराजित गरि सर्वोत्कृष्ट कुस्तीवाज घोषित भएका यादवले बताए।

थापाले आफु भन्दा शरिरमा ठुला देखिएका कुस्तीवाजहरुलाई सहजै पराजित गरेर कुशल कुस्ती खेलाडीको प्रतिभाग देखाएकै कारणले उनलाई सर्वकृष्ट कुस्ती खेलाडी घोषित गरिएको प्रतियोगिताको रेफ्री समेत रहेका केशव दासले बताए ।

प्रतियोगितामा नेपालको गुंगा पहलवानले दिल्लीका साबिर पहलवान, नेपालको लक्की थापाले पंजाबको सैतान सिंह, दिल्लीका काली पहलवानले गोरखपुरका पवन पहलवान, नेपालको राजेश यादवले आगराका भिम पहलवान, दिल्लीका मन्जित सिंहले महाराष्ट्रका रोहित पहलवानलाई पराजित गरेका दासले बताए ।

प्रतियोगितामा एक सय ५० भन्दा बढी नेपाल र भारतका कुस्ती खेलाडीहरूले कुस्ती गरेर प्रतिद्धण्द्धीहरुलाई पराजित गरेको आयोजनले बताएका छन्।

नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र खेलकुद बिभागका संयोजक मोहन बहादुर बस्नेतले आईतबार उदघाटन गरेको कुस्ती प्रतियोगितामा ३५ जति खर्च भएको आयोजकले बताएका छन्।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…