‘ग्रीन कफी’ ले मोटोपन घटाउने भन्दै ठगी गर्ने विदेशीसहित २ जना पक्राउ

काठमाडौं । ग्रीन कफी नियमित पिएमा व्यायाम नगरीकन मोटोपन घट्छ भन्दै फेसबुक सहितका सामाजिक सञ्जालमा विज्ञापन गरेर ठग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले रसियन नागरिक ३० वर्षीय ईगोर कुट्स र पोखरा महानगरपालिका–१९ घर भएका ४२ वर्षीय आशिष आचार्यलाई काठमाडौंबाट प’क्राउ गरेको हो ।

उनीहरुले नेपाली बजारमा ९ सय ६० रुपैयाँ प्रतिकेजीमा ‘ग्रीन कफी’ खरिद गरेर ४० हजार सम्ममा बेचेर ठग्ने गरेको थाहा भएको छ । ‘भ्रमपूर्ण विज्ञापन गरेर वास्तविक मूल्यभन्दा धेरै गुणा महङ्गोमा ग्रीन कफी बेचेर ठगेको अनुसन्धानबाट थाहा भएको छ’ केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले रातोपाटीसँग भने–‘आरोपीले अहिलेसम्म ७ करोडको बिक्री गरेको देखिन्छ ।’

एक सातामा १३ किलो तौल घट्ने भन्दै उनीहरुले विज्ञापन, लेख, ब्लग र सामाजिक सञ्जालबाट ग्राहकलाई तान्ने गरेका थिए । ‘टिम वान सप्लायर्स प्रालि’को ब्यानरमा उनीहरुले ठग्थे । उनीहरुले बेच्न तयार गरेको ग्रीन कफी प्रहरीले बरामद गरेको छ ।

रसियन नागरिक समेतबाट आफु ठगिएको भन्दै पीडितले केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुर गरेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । आरोपितविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको डीआईजी थापाले रातोपाटीलाई बताए ।

 

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…