पार्टी व्यवस्थापनकाे सय पूर्णाङ्कमा ओलीलाई जिरो र प्रचण्डलाई १० पनि दिन्न : बामदेव गौतम

नेकपा एमालेका नेता बामदेव गौतमले पार्टी एकताका बेला आफू प्रधानमन्त्री भएको भए माओवादीले अघि सारेका सर्त अस्वीकार गर्ने र पार्टी एकता नहुने बताएका छन्। अखिल नेपाल किसान संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता गौतमले पार्टी एकताका बेला आफू प्रधानमन्त्री भएको भए पदबाट राजीनामा दिने तर माओवादी केन्द्रले अघि सारेका सर्त नमान्ने बताए।

‘म ०७५ जेठ २ गते गरेको सम्झौतामा सहमत थिएन। म भएको भए त्यसैबेला पार्टी एकता हुने थिएन। म प्रधामनमन्त्री भएको भए त्यसबेला मैले बरु राजीनामा दिन तयार छुँ, तपाईंहरुले ल्याएको सम्झौताको सर्तमा मेरो समर्थन छैन, अब तपाईंहरु निर्णय गर्नुहोस् भन्थेँ। उहाँहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिन बित्तिकै म संसद्को सदस्य मात्र रहेर बस्ने थिएँ,’ गौतमले भने।

पार्टी एकता अभियान सञ्चालन गरिरहेका नेता गौतमले ओली र प्रचण्डको पदको लागि भएको लडाइँका कारण पार्टी विभाजन भएको बताए। सुरुमा ओलीले प्रधानमन्त्रीको लागि माओवादीले अघि सारेका सबै सर्त मानेको तर पछि गएर कार्यान्वयन गर्न आनाकानी गरेपछि विवाद उत्पन्न भएको छ। बिचमा प्रचण्ड सम्झौताबाट पछि हटेर फेरि सम्झौता कार्यान्वयनका लागि लागेपछि संसद् विघटन र पार्टी विभाजन हुन पुगेको उनको भनाई छ।

‘प्रधानमन्त्रीको निम्ती सबै सम्झौता गर्ने केपी अनि त्यो सम्झौतालाईं सबै मैले छोडिदिएँ तपाईंहरु जे गर्नुछ गर्नुहोस् भन्ने प्रचण्ड। सबै कुरो त छोड्नुभयो उहाँले तर पछि गएर गुमेर कसरी प्राप्त कसरी प्राप्त गर्ने भन्ने उहाँको लडाईं, अब तिमीसँग केहीपनि छैन अधिकार किन दिन्छु मैले भन्ने ओली। त्यसैको वरिपरी हाम्रो संघर्ष चल्यो,’ उनले भने।

पार्टी एकताको पूर्व सन्ध्यामा ०७५ जेठ २ गते ओली र प्रचण्डबीच दुवै जनाले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। तर, ४ मंसिर ०७६ मा बसेको सचिवालय बैठकमा बाँकी पुरै कार्यकाल ओलीलाई सरकारको नेतृत्व गर्न दिने र प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी दिने सहमति भएको थियो।

अर्को प्रसंगमा नेता गौतले पार्टी व्यवस्थापनमा ओली र प्रचण्डमा खुबी रहेको समेत दाबी गरे। तलदेखि माथिल्लो संरचना निर्माणमा दुवै जना असफल रहेको उनको भनाई छ।

‘कमरेड केपी ओलीलाई पार्टी सदस्य कसरी निर्माण गर्नुपर्छ, कसरी संगठन गर्नुपर्छ, कमिटीहरु कसरी परिचालन गर्नुपर्छ, तल्लो कमिटी र माथिल्लो कमिटीलाई कसरी व्यवस्थित गर्नुपर्छ, पार्टीमा देखिने अन्तरविरोध समाधान गर्न के गर्नुपर्छ, कार्यकताको निर्माण र संरक्षण कसरी गर्नुपर्छ भन्ने सवालमा मैले आजसम्म गरेको अनुभवमा उहाँ पूर्ण रुपले असफल हुनुभयो,’ गौतमले भने, ‘संगठन व्यवस्थापनमा यदि मैले केपी ओलीलाई कति र प्रचण्डलाई कति नम्बर भनेर दिनुपर्ने हो भने ओलीलाई जिरो र प्रचण्डलाई १० नम्बर पनि सुहाएन।’

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…