प्रधानमन्त्री ज्यू, इतिहासमा तपाईंको नाम कालो अक्षरले लेखिनेछ : पम्फा भुसाल

माओवादी केन्द्रकी नेतृ एवं सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छिन् । उनले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले असंवैधानिक भएको फैसला गरेपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उल्लेख गरिन् ।

उनले ३ वर्ष सरकार तथा पार्टी सञ्चालनका क्रममा प्रधानमन्त्री ओलीले गरेका कार्यहरु इतिहासमा कालो अक्षरले लेखिने बताउँदै प्रधानमन्त्रीले आफ्नो नैतिकता गुमाएको बताइन् ।

उनले हाम्रो जस्तो देशमा तीन तीन बर्षमा चुनाव हुन सक्छ भन्ने प्रश्न गर्दै उनले देशमा १८ लाख युवा बेरोजगार रहेको भन्दै उनीहरुलाई खान लाउन दिनुपर्दैन भन्दै प्रश्न गरिन् ।

उनले सरकार जनताप्रति उत्तरदायी हुन नसकेको उल्लेख गर्दै कोभिड बिरुद्ध मित्रराष्ट्रले सित्तैमा दिएको खोप पनि ल्याउन नसकेको भन्दै आलोचना गरिन् ।

उनले सरकारले संसदको कार्यव्यवस्था समितिमा कुनै एजेण्डा नदिने र ‘संसद चल्न सकेन, प्रभावकारी भएन भन्दै उल्टो बाटोमा गएर सभामुखलाई गाली गर्न पाइन्छ ?’ भन्दै प्रश्न गरिन् । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक असंवैधानिक रहेकोले त्यसको विरोध गरेको तर एसिड आक्रमण विरुद्धको विधेयकमाथि कुनै पार्टीले पनि बिरोध नगरेको स्पष्ट पारिन् ।

उनले विचाराधीन विधेयकहरुलाई अघि बढाउन पनि आग्रह गरिन् । उनले लोकतन्त्रलाई बलियो बनाउन, देशलाई अग्रगमनतिर लैजान नयाँ सरकार बनोस् भन्ने कामना समेत गरेकी छिन् ।

 

भर्खरै प्रकाशित

संक्रमण बढेपछि पशुपतिनाथमा भक्तजनलाई प्रवेश निषेध

काठमाडौं: कोरोना संक्रमणको दोस्रो चरण फैलिन थालेपछि पशुपति क्षेत्र विकास कोषले वैशाख १० गतेदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनलाई प्रवेश निषेध गर्ने भएको छ । अर्को व्यवस्था…

ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग होस्

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी र संसदीय दलको विधान विपरीत कुनै काम नगरेको सष्टीकरण दिएका छन् । साथै उनले पार्टी…

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…