सरकार सर्वोच्चको फैसला आउँदा न लड्डु खाएर बस्छ न त झोक्राएर नै बस्छ : प्रदीप ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले सर्वोच्चको फैसला आउँदा लड्डु खाएर नबसेको साथै झोक्राएर पनि नबसेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहका नेता समेत रहेका मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन् ।

सर्वोच्चका दुई फैसलाप्रति माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालप्रति कटाक्ष गर्दै मन्त्री ज्ञवालीले भने, ‘सरकार सर्वोच्चको फैसला आउँदा न लड्डु खाएर बस्छ न त झोक्राएर नै बस्छ। सर्वोच्चको फैसला अनुसार अघि बढ्नु हाम्रो दायित्व हो ।’

सरकारले दुइटै मुद्दा हारेको भए पनि अदालतलाई आक्षेप लगाउने कार्य नगरेको उनको भनाई छ । त्यस्तै, मन्त्री ज्ञवालीले सदन नचलेका बेला सरकारले अध्यादेश ल्याउन सक्ने पहिलो बैठकमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। एसिड आक्रमणजस्तो अध्यादेश रोक्ने काम गरेको भन्दै आपत्ति जनाए ।

प्रतिनिधिसभा पुनः स्थापना भएसँगै प्रचण्ड र नेपाल पक्ष उत्साहित बनेको थियो। तर, फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि भने बेखुसी देखिएका छन् ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…