दोहोरी च्याम्पियनका जज चन्द्र शर्माको चौतर्फी आलोचना

हालै नेपाल टेलिभिजनबाट प्रशारण भएको ‘दोहोरी रियालिटी टेलिभिजन शो’ ‘दोहोरी च्याम्पियन’का जजहरुको चर्को आलोचना हुन थालेको छ।  । रियालिटी शोका निर्णायकमध्येका एक निर्णयक चन्द्र शर्माको बढि आलोचना भएको छ । उनले दोहोरी गायिका कल्पना दाहालमाथि गरेको टिप्पणीलाई अनावस्यक र व्यक्तिगत टिप्पणी भन्दै उनको चर्को आलोचना भइरहेको हो।

चाँगुनारायण थान भाको गीत गाएकी कल्पना दाहाललाई चन्द्र शर्माले ‘हामीले अरु कुनै टीभी–टीभीतिर देखेको कल्पना बैनी हो तपाई ? तपाई अरु–अरु दोहोरी, एक दुई चोटी कताकता भाइरल–साइरल भएको बैनी हो ? त्यही कल्पना बैनी हो ?’  भन्दै  ‘होच्याएर’बोलेका थिए ।

शनिबार युट्युबमा सार्वजनिक यसको पहिलो श्रृङ्खलाले बुधबार बिहानसम्म ३ लाख १० हजार बढी भ्यूज बटुलेको छ । जसमा ८ हजार बढी प्रतिक्रियाहरु आएका छन् । अधिकांश प्रतिक्रिया आलोचनाले नै भरिएका छन् । अझ, विशेषगरि निर्णायक चन्द्र शर्माले दोहोरी गायिका कल्पना दाहालमाथि गरेको टिप्पणीमा धेरैले आक्रोश पोखेका छन् ।

चन्द्र शर्माको सैली प्रति असन्तुष्ट जनाउदै फेसबुकमा चेत्रबहादुरले लेख्छन् : “कल्पना दाहालाई टिभि सिभिमा भाइरलसाइरल वाली भनेक के हो ? अग्रजले कलाकारलाइ प्रोत्साहित गर्ने कि हतोत्साहित । तपाइ जजबाट तुरुन्त हट्नुस तपाइको मुल्याङकनमा पनि विश्वसनियता हुँदैन ।”

गायक भगवान् भण्डारीले सामाजिक संजालमा स्टाटस लेख्दै यो बिषयमा ब्यङ्ग्य गरेका छन् । उनले लेखेका छन्–‘तपाई त्यो पैला पैला एउटा दुइटा टीभी सीभीमा दोहोरी सोहोरी गाएर भाइरल साइरल भाको कल्पना सल्पना हो ?’

त्यस्तै, कतिपय प्रतियोगीको प्रस्तुतीपछि निर्णायकको निर्णय पनि बाँझिएको देखिन्छ । लोकदोहोरी क्षेत्रले फड्को मारेपनि निर्णायकको निर्णय पुरानो शैलीको भएको कतिपयले प्रतिक्रिया दिएका छन् । कतिपयले निर्णायकले प्रतिस्पर्धीको गायन प्रतिभा भन्दा पहिरनमा बढी ध्यान दिएको भन्दै आलोचना गरेका छन् । कतिपयले भने यसका निर्णायकहरु परिवर्तन गर्नुपर्ने समेत माग गरेका छन् ।

‘दोहोरी च्याम्पियन’लाई नेपाली लोकदोहोरी क्षेत्रको इतिहासमै सबैभन्दा ठूलो दोहोरी रियालिटी शो भनिएको छ । यो प्रतियोगीतामा प्रथम हुनेले २० लाख, दोश्रो स्थान प्राप्त गर्नेले १० लाख, तेश्रो स्थान प्राप्त गर्नेले ३ लाख र एक जनाले २ लाख पुरस्कार सहितको सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् । ‘दोहोरी च्याम्पियन’ हरेक शनिबार बेलुका ८ः५० बाट नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…